भ्रष्टाचार मुद्दामा माधव नेपाल वाट ३५ लाख धरौटीमाग गर्ने विशेष अदालतको आदेश

भ्रष्टचार मुद्दामा धरौटीमा रिहा भइ साँसद पद समेत निलम्वनमा परेका व्यक्तिले नैतिक रुपमा पार्टी अध्यक्ष पदमा वस्न मिल्छ वा मिल्दैन नेपाली राजनितिमा चर्चाको विषय नेपाल वनेका छन।

bimbonline बिम्ब अनलाइन
२०८२ असार १२ १०:०२ बजे
माधव कुमार नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एव नेकपा(समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई धरौटीमा छाड्न विशेष अदालतले आदेश गरेको छ । बुधबार विशेष अदालतले नेपाललाई ३५लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

विशेष अदालतका न्यायधीश त्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् नेकपा समाजवादीका अध्यक्ष नेपालको संलग्नताको अभियोगमा नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दिएको मुद्दाको सुनुवाई गर्दै बुधबार तीन न्यायधीशको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाल ३५ लाख धरौटी बुझाएर हिजै रिहा भएका छन। 

प्रतिनिधि सभा सदस्य पद समेत वाट निलम्वन भएका माधव कुमार नेपालले पार्टी अध्यक्ष पद वाट भन्ने राजिनामा दिएका छैन्न। भ्रष्टचार मुद्दामा धरौटीमा रिहा भइ साँसद पद समेत निलम्वनमा परेका व्यक्तिले नैतिक रुपमा पार्टी अध्यक्ष पदमा वस्न मिल्छ वा मिल्दैन  नेपाली राजनितिमा चर्चाको विषय नेपाल वनेका छन। 


२०८२ असार १२ १०:०२ बजे

प्रतिक्रिया