काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई धेरै खरानी घस्ने पहिलो पहिलोको जोगिको संज्ञा दिएका छन् । शनिवार आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै उनले मेयरले अनाधिकृत रुपमा चलाएको डोजरबाट धेरै पिडित भएको बताउदै यस्तो बताएका हुन् ।
उनले भने– ‘हामीसँग बीसौं बर्षको अनुभव छ । नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन्, यिनीहरुले बढी खरानी घस्ने कुरा ठीकै होला तर हामी अनुभवीसँग सिक्नुभयो भने विकासको मोडालिटीको बारेमा हाम्रा अनुभवहरु शेयर गरौंला । हैन भने तोडेर फोडेर जनताका पुर्ख्यौली सम्पत्तिहरु, वर्षौदेखि दुःख गरेर कमाएर, छोराछोरीलाई खाडीमा पठाएर बनाएका हाम्रा घरहरु भत्काउने तिम्रो कुनै तागत छैन । तिमीलाई कुनै अधिकार छैन । मैले यो कुरा भनेवापत तिम्रा सुण्ड मुसुण्डहरुले मलाई गाली गर्छन् भने तिम्रा सुण्ड मुसुण्डसँग हजारौँ पटक जुध्न तयार छु । हजारौ पटक लड्न तयार छु ।’
आफू जहिले पनि न्यायको पक्षमा, व्यवसायीको पक्षमा, स्थानीय रैथानेको पक्षमा बोल्ने गरेको आफुले त्यसो गर्दा बालेन्द्रका समर्थकहरु लड्न आउँछन् भने आफू लड्न त्यार रहेको बताएका छन् ।
प्रतिक्रिया