आणविक हतियारको बहानामा इरानमाथि अमेरिकी आक्रमण गम्भीर युद्ध अपराध हो- नेपालका एधारवटा वामपन्थी पार्टी

अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ ।

bimbonline बिम्ब अनलाइन
२०८२ असार ९ १९:५१ बजे

अमेरिकाले इरानमाथि आक्रमण गरेपछि नेपालका एघारवटा वामपन्थी पार्टीहरु  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) सहितका पार्टीले हिजो एव वक्तव्य जारी गर्दै   गतवर्ष इजरायली विस्तारवादले प्यालेष्टाइनमाथि आक्रमण गरेर प्यालेष्टाइनको गाजालगायतका क्षेत्रहरुमा नरसंहार मच्चाएको यथार्थता सर्वविदितै छ । त्यही विषयलाई लिएर नेपालका हामी राजनीति दलहरु र नागरिकसमाजको तर्फबाट प्यालेष्टाइनमाथि इजरायली हस्तक्षेपका विरुद्ध अभियान संचालनगर्दै प्यालेष्टाइनी जनताप्रतिको ऐक्यबद्धता जाहेर गरेका थियौँ ।

यस घटना सेलाउन नपाउँदै यतिखेर अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको छ । त्यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गरेको छ । यस स्थितिमा गएको रातिमात्र अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ । यो गम्भीर युद्ध अपराध हो । यसको हामीघोर निन्दा एवं भत्र्सना गर्दछौँ वक्तव्यमा भनिएको छ।

अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ ।यसबाट विश्वव्यापी युद्धआतंकको त्रास फैलिएको छ । अतः यस स्थितिमा नेपालका वाम राजनीतिक दलहरु र वाम बुद्धिजिवीहरु साम्राज्यवादी विश्वयुद्ध र युद्धआतंकको विरोध गर्दै अविलम्ब युद्धविराम गरी विश्वशान्ति कायमगरिनु पर्दछ भन्ने पक्षमा छौँ र विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त रअन्तर्राष्ट्रिय कानुनहरुको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरुको समाधान खोजिनु पर्दछ भनि सम्बद्ध सबैपक्षहरुसँग जोडदार आव्हान गर्दछौँ वक्तव्यमा उल्लेख गरीएको छ।

यसका साथै अमेरिकी र इजरायली आक्रमणको विरोध गर्न, स्वाधीन राष्ट्रहरुको पक्षमा उभिन र इजरायल तथा इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि अविलम्ब पहल गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।अन्त्यमा, युद्धको विरोध गर्दै शान्तिको पक्षमा ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक आव्हान वक्तव्य मार्फत गरिएको छ।

वक्तव्यमा नेकपा (मसाल), महामन्त्री, मोहनविक्रम सिंह राष्ट्रिय जनमोर्चा, अध्यक्ष, चित्रबहादुर केसी नेकपा (माओवादी केन्द्र), महासचिव, देव गुरुङ ..नेपाल कम्युनिस्ट पार्टी, महासचिव, विप्लब सी नेकपा (एकीकृत समाजवादी) स्थायी समिति सदस्य, बलराम बाँस्कोटा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, पीवीएम, पवन मान श्रेष्ठ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, महासचिव, आहुती नेकपा (बहुमत), कृष्णप्रसाद धमला नेकपा, उपाध्यक्ष, रामबहादुर भण्डारी वाम बुजिवीवी, निनु चापागाईँ राजनीतिक संवाद थालनी, संयोजक, सब्गीत श्रोताले हस्ताक्षर गरेका छन।


२०८२ असार ९ १९:५१ बजे

प्रतिक्रिया