क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले देशव्यापि शुरु गर्यो भ्रष्टाचार विरोधि अभियान

भेरी- कर्नाली(३ न)व्युरोका सवै जिल्लामा भ्रष्टाचार विरोधि अभियानको शुरुवात

bimbonline बिम्ब अनलाइन
२०८२ असार ६ १३:३५ बजे

नेपालगञ्ज। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले देशव्यापी शुरु गरेको भ्रष्टाचार विरोधि अभियानको भेरी कर्नाली(३ न) व्युरो अन्तगतका जिल्लाहरुमा हिजो असार ५ गते आ-आफ्नो जिल्लाको सापेक्षतामा शुरुवात गरेको  कुरा व्युरो सेक्रेटी दिपक शाहिले वताएका छन।

क्रान्तिकारी कम्युनिष्ट पार्टी वाँके जिल्ला समितिले  बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीको   केन्द्रीय पर्चा, ३ नम्बर व्यूरोले तयार पारेको २१ बुँदे भ्रष्टाचार हुने क्षेत्र तोकेको पर्चासहित जिल्ला सेक्रेटेरी गुणानिधि आचार्यले हस्ताक्षर गरेको ज्ञापनपत्र प्रजिअ लाई बुझाइएको हो ।

ज्ञापनपत्र बुझाइसकेपछि भेरी अस्पताल चोकमा कोणसभा गरिएको थियो । कोणसभामा प्रमुख वक्ता पार्टीका वैकल्पिक पोलिटव्युरो सदस्य तथा ३ न. (भेरी-कर्णाली) व्युरो सेक्रेटरी दिपक शाहीले सम्बोधन गर्दै संसदीय व्यवस्थाले जनतालाई दिन प्रति दिन कमजोर पार्दै लगिको जिकिर गरे । उनले यो व्यवस्थाको केन्द्रदेखि स्थानीय स्तरसम्म भ्रष्टाचार सँस्थागत हुदै आएको हुदा भ्रष्टचार विरुध्दको अभियान सञ्चालन गरेको वताए।  कोणसभामा पार्टीका जिल्ला सेक्रेटी गुणणिधि आचार्यले पनि सम्बोधन गर्दै भ्रष्टाचार विरुध्द सवै जनताले आवाज उठाएर भ्रष्टचार विरुध्दको अभियानमा सहभागी भए मात्र अभियान प्रभावकारी हुने वताएका  थिए। कोणसभाको सञ्चालन पार्टीका स्थानिय नेता विक्रम भण्डारीले गरेका थिए ।

वर्दियामा पनि भष्टाचार विरुध्द अभियान कोणसभा गरेर शुरुवात गरेको थिए। वर्दियाको सदरमुकाम गुलरियामा भएको कोणसभाको अध्यक्षता एरिया सचिव ममता गौतम सञ्चालन जिल्ला सचिव विनय राना र प्रमुखवक्ता वैकल्पिक सिसिएम तथा वर्दिया जिल्ला इञ्चार्ज भुकम्पले हुनुहुन्थ्यो।दैलेखमा पार्टी सचिव ललित सुनारले दैलेखका प्रमुख जिल्ला अधिकारी,डोल्पामा पार्टी सँयोजक विरवहादुर परियारले डोल्पाका प्रमुख जिल्ला अधिकारी र दैलेखमा पार्टी प्रतिनिधिले हिजो असार ५ गते भ्रष्टाचार विरुध्दको ज्ञापनपत्र वुझाएर र सुर्खेतमा कालोझण्डा -व्यानर टागेरआफ्नो जिल्लामा अभियानको शुरुवात गरेका छन।

कपिलवस्तु

                                                                                             

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले २०८२ असार ५ गतेदेखि शुरु गरेको भ्रष्टाचार बिरुद्धको देशव्यापी अभियान अन्तर्गत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तु जिल्लाले जिल्ला प्रशासन कपिलवस्तुमा ज्ञापनपत्र बुझाएको छ । पार्टीका जिल्ला सचिव हिमलाल वाग्लेको नेतृत्वमा गएको एक टोलीले भ्रष्टाचार नियन्त्रणमा भुमिका खेल्न र पार्टीले चलाउने भ्रष्टाचार विरुद्धको अभियानमा सहयोग गर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख दिल कुमार तामाङले भ्रष्टाचारीलाई कारबाही गर्न र पिडितलाई न्याय दिन कानुनी रुपमा आफुले सहयोग गर्ने बताउँदै अभियानको सफलताको शुभकामना दिएक थिए ।

ज्ञापनपत्र बुझाउने टोलिमा पार्टी केन्द्रीय सल्लाहकार पिताम्बर आचार्य , जिल्ला ईन्चार्ज दिपक पौडेल लगायतको सहभागीता रहेको थियोे । ज्ञापनपत्र बुझाउने कार्यक्रम पश्चात् उक्त टोलीले जिल्ला प्रशासन अगाडि कोणसभा गरेको थियोे । पार्टी जिल्ला सचिव हिमलाल वाग्लेको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला इन्चार्ज दिपक पौडेलले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको हुनाले जनताको तर्फबाट भ्रष्टाचार नियन्त्रण  अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको बताएका थिए ।

कञ्चनपुर                                                                                        

                                                  

कञ्चनपुर जिल्लामा पार्टीले भ्रष्टाचार बिरुद्ध अभियान उद्घाटन भएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरमा भएको कार्यक्रमलाइ जिल्ला इन्चार्ज रामबहादुर महरा र १ न ब्युरो सेक्रेटरी हरी सुवेदीले सम्बोधन गर्नुभयो ।उक्त कार्यक्रममा जिल्लाका नेता कार्यकर्ता र जनताको सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला इन्चार्ज महराले भ्रष्टाचार सर्बत्र रहेको छ यसको अन्त्य गर्नका लागी जनता र पार्टी नमिलि हुदैन सुन तस्कर देखि मानब तस्कर यति ओम्नी जघन्य अपराधका अपराधीलाई जेल मुक्ति मात्रै होईन स्थानीय स्तरमा समेत भ्रष्टाचार व्याप्त छ यसको अन्त्य भनेको नयाँ जनवादी समाजवादी व्यवस्था ल्याउनु हो यसका निम्ति जनताको बिशाल सहभागिता बिना सम्भव हुँदैन त्यसैले आउनुस भबिस्य निमार्ण प्रक्रियामा सहभागि बनौं। उहाँले भन्नुभयो। हाम्रो राजनितिक आन्दोलन नयाँ जनवादी समाजवादी व्यवस्थाको हो अहिले हामीले जनतामा रहेका भ्रष्ट माफिया अन्त्य गर्नु यो क्रममा भ्रष्ट माफियाको सार्वजनिक गर्ने भण्डाफोर गर्ने र जनताका बिचमा जन कारवाही गर्ने हुन्छ। कार्यक्रममा हरि सुवेदीले भन्नुभयो अहिलेको प्रतिक्रियावादी दलाल संसदीय व्यवस्था नफाली अहिलेका गन्हाउने भ्रष्ट नलखेटी किसान मजदुरको व्यवस्था नआउने हुनाले काण्डै काण्डले भरिएको यो सत्ता फाल्न पार्टीले यस्ता अभियान चलाउने गरेको छ। भ्रष्ट राज्य बिरुद्ध सशक्त आन्दोलन खोजेकाले व्यापक छलफल गरि भ्रष्टाचार बिरुद्ध अभियान चलाउने निर्णय गरेको हो । विगतमा भन्दा भिन्नै अझ बढि सशक्त सहयोग गर्न सबैसँग आग्रह गर्दछुउहाँले भन्नु भयो।


२०८२ असार ६ १३:३५ बजे

प्रतिक्रिया