एमालेको नयाँ चुनावी रणनीति: पार्टी सदस्यले नयाँ २ मतदाता थप्‍नुपर्ने

एमालेको नयाँ चुनावी रणनीति: पार्टी सदस्यले नयाँ २ मतदाता थप्‍नुपर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ११ १७:११ बजे
एमालेको नयाँ चुनावी रणनीति

 काठमाडौं ।  प्रमुख प्रथितपक्ष  दल नेकपा एमालेले आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावमा पार्टी सदस्यलाई नयाँ २ मत थप्ने जिम्मेवारी  दिएको छ।  शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले बहुमत प्राप्त गर्ने रणनीतिमा पार्टी सदस्यलाई २ मत थप्ने र ५ मत संरक्षण गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार पार्टीलाई बहुमतमा पुर्‍याउने आवश्यक पर्ने ६ प्रतिशत मत पुर्‍याउनका लागि प्रत्येक पार्टी सदस्यले २ नयाँ मत थप्ने र ५ मत संरक्षण गर्ने नीति आमरुपमा अघि बढाउने निर्णय गरेको हो ।  एमालेले ८ लाख पार्टी सदस्य रहेको दाबी गर्दै आएको छ ।


२०७९ भदौ ११ १७:११ बजे

प्रतिक्रिया