नेपालगञ्ज। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ३ न (भेरी कर्नाली) व्युरोको दुइदिने व्युरो स्तरिय प्रशिक्षण तथा वैठक उत्साहजनकरुपमा सम्पन्न भएको छ।
प्रशिक्षण कार्यक्रम यहि महिनाको २४ र २५ गते वर्दियाको भुरिगाउँमा सम्पन्न भएको हो। कार्यक्रमको उदधाटन स्थायी समिति सदस्य कृष्ण पौडेलले व्यानर वाचन गरेर गर्नु भएको थियो।अध्यक्षता व्युरो सेक्रेटी दिपक शाही सञ्चालन सिसिएम कमल रोकाया विपिन स्वागत पार्टी सिसिएम दिलवहादुर कडायत भुकम्पले गर्नु भएको थियो।
प्रशिक्षण कार्यक्रममा विश्वदृष्टिकोण आगामी कार्यक्रम आर्थीक, सँगठनात्मक नियमावली तथा पार्टी सदस्यको आचारसहिता वारे कृष्ण पौडेल, अन्तविरोधवारे, विधान, पार्टी सदस्य र कार्यकर्ता वारे, नेपाली समाजको वर्ग विश्लेषण सम्वन्धमा पिविएम तथा ३ न. व्युरो इञ्चार्ज लालवहादुर जाग्री, जनवादी केन्द्रियता र पार्टी जवस मोर्चा विचको अन्तरसम्वन्ध वारे व्युरो सेक्रेटि दिपक शाहीले प्रशिक्षण दिनु भएको थियो।
यस व्युरोका १० जिल्ला मध्ये ७ वटा जिल्ला वर्दिया ,वाके, सुर्खेत, दैलेख,जाजरकोट,कालीकोट ,डोल्पा जिल्ला सहितवाट ३० जना प्रशिक्षर्थीहरुको सहभागीता रहेको थियो। प्रशिक्षण कार्यक्रम दुइ दिने आवशिय सञ्चालन गरिएको सिसिएम भुकम्पले बिम्ब अनलाइन लाई वताएका छन।
प्रतिक्रिया