पूर्व प्रधानमन्त्री माधव नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालको सांसद पद स्वतः निलम्बन भएको छ ।

bimbonline बिम्ब अनलाइन
२०८२ ज्येष्ठ २३ १७:२१ बजे
माधव कुमार नेपाल

काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुट जग्गा बेचबिखन र सट्टापट्टा गर्न दिने तत्कालीन सरकारको निर्णयमा जिम्मेवार भएको दाबी गर्दै पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध मुद्दा दर्ता गराएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।

भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई हदबन्दी छुट दिने निर्णय कानून विपरीत भएको भन्दै अख्तियारले छानबिन शुरु गरेको थियो । मुद्दा दर्ता भएसँगै नेपालको सांसद पद स्वतः निलम्बन भएको छ ।

२०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारका बेला भूमिसुधार तथा व्यवस्था मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले पतञ्जलीको कम्पनीलाई हदबन्दीभन्दा बढीको जग्गा बेचबिखन र सट्टापट्टा गर्न दिने निर्णय गरेको थियो ।

सुदूरपश्चिम प्रदेशमा पुर्व मुख्यमत्री तथा एकिकृत समाजवादीका नेता दिर्ध सोडारीका विरुध्द केहिदिन पहिले अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उहाँको प्रदेश साँसद पद स्वतः निलम्वनमा परेको छ। सोडारी पछि नेपालको सँधिय साँसद पद निलम्वनमा परेको हो।

२०८२ ज्येष्ठ २३ १७:२१ बजे

प्रतिक्रिया