काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् ।
सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा देउवासहित बालकृष्ण खाण, मेटमणि चौधरी, विष्णु पौडेल, रामकुमारी झाँक्रीलगायत नेताहरु सहभागिता रहेको छ ।
सहरी विकास मन्त्रालयको एक अर्ब ११ करोडको लागतमा दुई चरणमा गरी सो सम्मेलन केन्द्र निर्माण गरिएको हो । दुई चरणमा गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरिएको हो ।
प्रतिक्रिया