काठमाडौं । काठाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाह बालेनले शनिबार पनि अवैध संरचना भत्काउने कामलाई निरन्तरता अघि बढाएका छन् ।
महानगर शनिबार वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा बनेका अनधिकृत घर टहरा भत्काएको छ । महानगरले सार्वजनिक जग्गामा रहेका र स्वीकृत नलिई बनाइएका घर टहरा भत्काइएको हो ।
डोजर लगाउँदा केही स्थानीयले विरोध जनाए पनि महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली सुरक्षामा खटिएको थियो ।
वनस्थलीबाट ढुङ्गेधारा जाने बाटोमा अनधिकृत ७ वटा टहरा, ३ वटा भर्याङ, एउटा घरको बलेसी काठमाडौं महानगरले जनाएको छ ।
प्रतिक्रिया