महासचिव क. मोहन वैद्य ‘किरण’की ममतामयी आमा जानका देवी पोखरेल प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

bimbonline बिम्ब अनलाइन
२०८२ वैशाख २५ ०८:३९ बजे
जानका देवी पोखरेल

काठमाण्डौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका का.वा. महासचिव सि.पि.गजुरेल गौरवले आज एक वक्तव्य जारी गर्दै जानका देवी पोखरेल प्रति भावपुर्ण श्रध्दाञ्जली व्यक्त गरेका छन।

दाङ जिल्ला घोराही उप महानगर पालिका रतनपुर निवासी जानका देवी पोखरेलको हिजो वैशाख २४ गते दिनको ५ः३० बजे ९९ वर्षको उमेरमा दुःखद निधन भएको छ  जनाएका छन।

उहाँ  पार्टीका महासचिव  मोहन वैद्य ‘किरण’की ममतामयी आमा हुनुहुन्थ्यो । उहाँका ७ छोरा, ७ बुहारी, १ छोरी र नाति–नातिनी तथा पनाति–पनातिनीहरु हुनुहुन्छ । उहाँ कम्युनिस्ट आन्दोलन, पार्टी तथा महान् जनयुद्धको समर्थक एवम् सहयोगी हुनुहुन्थ्यो भनि वक्तव्यमा उल्लेख गरेका छन।

उहाँको निधनबाट पार्टीले एकजना असल सहयोगी र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा  पार्टी जानका देवी पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, क. मोहन वैद्य ‘किरण’ लगागत सम्पूर्ण शोकाकूल परिवार, उहाँका साथी संगिनी तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ  गौरव ध्दारा जारी वक्तव्यमा उल्लेख गरेका छन । 


२०८२ वैशाख २५ ०८:३९ बजे

प्रतिक्रिया