काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । उनी खुमलटारस्थित निवासमा गएराति वाथरुमा लडेर घाइते भएका हुन् ।
घाइते भएपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ ।उनको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रतिक्रिया