काठमाडौं । आगामी सेप्टेम्बर ६ देखि १९ सम्म घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरीएको छ । मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
प्रतियोगितामा सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा रहेको नेपालले भुटान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।
६ सेप्टेम्बरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटाको सामना गर्नेछ । त्यस्तै, १२ सेप्टेम्बरमा नेपालले श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेल खेल्नेछ ।
घोषणा गरीएको टोलीमा गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथडिफेन्डरः हिराकुमारी भुजेल, अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विकमिडफिल्डरः अनिता बस्नेत, विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, इन्दिरा राई, अनिता केसी, दीपा शाहीफरवार्डः सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, रश्मीकुमारी घिसिङ रहने भएकी छन् ।
प्रतिक्रिया