नेपालगञ्ज। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जनसम्वन्ध विस्तार अभियानको सन्दर्भमा ३ न.(भेरी-कर्णाली) व्युरो अन्तगत वाँके जिल्लाको कोहलपुर नगरपालिकाको त्रिभुवन मा. वि. अगाडी हिजो दिउँसो करिव २.०० वजे पार्टीका ३ न.(भेरी-कर्णाली) व्युरो सेक्रेटी दिपक शाहीले भित्तामा नारा लेखिरहेको समयमा कोहलपुर नगरप्रहरीले हातपात लछारपछार गरी अभन्द्र व्यवहार गरेको घटनाको क्रान्तिकारी कम्युनिष्ट पार्टी ३ न. व्युरो इञ्चार्ज लालवहादुर जाग्रीले आज एक वक्तव्य जारी गर्दै निन्दा र भत्सना गरेका छन।
वक्तव्यमा भनिएको छ जनयुध्द र जनआन्दोलन वाट प्राप्त गरेको राजनैतिक अधिकार लेख्न, सभा सम्मेलन गर्न, विचार अभिव्यक्त मौखिक वा लिखतरुपमा गर्न पाउने विधमान सँविधान कानुनले दिएको अधिकारलाई कुण्ठित वा सँकुचित गर्ने गरी नगर प्रमुख पुर्ण प्रशाद आर्चायले नगर प्रहरी परिचालन गरी गरेको व्यवहार असँवैधानिक गैरकानुनी र अपराधजन्य कार्य भएको वक्तव्यमा उल्लेख गरेका छन।
यस्ता कार्यमा नगर प्रहरी परिचालन गर्ने नगर प्रमुख पुर्ण प्रशाद आर्चायले यथाशिघ्र सार्वजनिकरुपमा माफि माग्नुपर्छ भन्ने अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई तत्काल निलम्वन गरी कार्वाहिको माग पार्टीले गरेको छ। वर्तमान सँविधान कानुनले नागरीक लाई दिएको राजनैतिक तथा मौलिक अधिकारलाई कुनै पनि स्थानिय तहले सँकुचन वा नियत्रण गर्ने गरी कुनै नियम वा निर्देशिका निर्माण गर्न पाउने छैन। गरेमा यस्ता नियम तथा निर्देशिका असँवैधानिक गैरकानुनी हुने भएकोले स्वतः वदर भइ अमान्य हुने छन। अतः यो घटनाका निर्देशक तथा सँलग्न व्यक्तिहरु जो सुकै भए पनि यथाशिध्र कार्वाहि गरियोस। कोहलपुर नगरपालीले कार्वाही नगरेमा पार्टी स्वयमले यसवारेमा छानविन गरी दोषि लाई कार्वाहि गर्ने सो पार्टीले जनाएका छन।
प्रतिक्रिया