शिक्षक आन्दोलनमा प्रहरीको दमन ६३ जना शिक्षकहरू घाइते

bimbonline बिम्ब अनलाइन
२०८२ वैशाख १४ १६:४२ बजे

काठमाडौँ । आइतबार दिउँसो नयाँ बानेश्वरमा प्रहरीसँगको दमनमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् ।

यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरू २६ औं दिनमा निषेधित क्षेत्र तोडेर बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । दमनमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका हुन् ।

प्रहरीले निषेधित क्षेत्रमा शिक्षकहरू प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेर आन्दोलनमाथि दमन गरेका थियो । शिक्षकहरूले पनि ढुंगा प्रहार गरेर प्रतिवाद गरेका थिए ।




२०८२ वैशाख १४ १६:४२ बजे

प्रतिक्रिया