काठमाण्डौ । आउँदो जुनमा स्कटल्यान्डमा हुने त्रिदेशीय टी–२० आई शृङ्खलामा नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ ।क्रिकेट स्कटल्यान्डले शृङ्खलाको तालिका हिजो सार्वजनिक गरेको हो ।
ग्लास्गोको क्लाइडसडेल क्रिकेट क्लबमा हुने शृङ्खलामा घरेलु टोलीसहित नेपाल र नेदरल्यान्ड्स सहभागी हुनेछ । शृङखला जुन १५ देखि २० तारिखसम्म सञ्चालन हुनेछ ।
नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेल जुन १६ मा हुनेछ । शृङ्खलामा एक टोलीले एक अर्कासँग दुई पटक खेल्नेछन् । नेपालले जुन १७ मा स्कटल्यान्ड, १८ मा नेदरल्यान्ड्स र २० मा स्कटल्यान्डसँग पुनः खेल्नेछ ।
प्रतिक्रिया