काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता डा. भीम रावलले अहिले नेपालमा रहेका राजनीतीक दलका नेताहरूले निहित स्वार्थ पुर्तीका लागि राज्यको दोहन गरिरहेका आरोप लगाएका छन्। सत्ताकै मोहका लागि अहिलेका राजनीतिक दलहरू संविधान र लोकतन्त्रको मर्म विपरीत गएर राजनीति गरी रहेका उनले बताएका छन् ।
रावलले निर्वाचनको मुखमा कर्णाली प्रदेशको मन्त्री हेरफेर हुने विषयलाई लिएर ट्विटरमा लेखेका छन् । गठबन्धनका नेताहरू संविधानको मर्म र लोकतान्त्रिक प्रतिस्पर्धाको मान्यता विपरीत निर्वाचन तालमेलमा तल्लीन छन् र निर्वाचन हुन अढाई महिना बाँकी छँदा माओवादी केन्द्र कर्णाली प्रदेशमा मन्त्री हेरफेर गरी सबैलाई मन्त्रीको भाग पुर्याउने दाउमा छ। निहित स्वार्थमा राज्यको दोहन भनेको यही हो ।
प्रतिक्रिया