जनसम्वन्ध विस्तार अभियानको ३०औ दिनमा रुपन्देहिका पाँचस्थानमा जनसभा सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८२ वैशाख २ २२:०४ बजे
पिविएम लालवहादुर रुपन्देहिको पुर्तिघाटचोकमा जनसभा सम्वोधन गर्दै

वुटवल। वैतडी झुलाघाट वाट स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीको नेतृत्वमा टोली न. ४ ले सञ्चालन गरेको  जनसम्वन्ध विस्तार अभियानको ३० औ दिनमा आज रुपन्देहिका ५ स्थानमा जनसभा तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएको जिल्ला सचिव लक्ष्मीकान्त पौडेलले वताएका छन।

रुपन्देहिको रुद्रपुरको हरैया चोकमा र कञ्चनको पुर्तिघाटचोकमा भएको जनसभा लाई पार्टीका पिविएम लालवहादुर जाग्रीले सम्वोधन र रुपन्देहिका जिल्ला समिति सदस्य मनिराम सापकोटाले सञ्चालन गर्नुभएको थियो। हरैया चोकको जनसभाका प्रमुखवक्ता स्थायी समिति सदस्य हेमन्त प्रकाशवलीले सम्वोधन गर्नुभएको थियो।  रुपन्देहिको थकालीचोकको जनसभाको सञ्चालन डिसिएम मनिराम सापकोटा र सम्वोधन पिविएम प्रेम सुवेदीले गर्नु भएको थियो।रुपन्देहिको अष्टचोक र वेलभरिया चोकको जनसभा लाई क्रमश  पार्टीका केन्द्रिय कमिटी सदस्य नविन खड्का र पिविएम धनेश्वर पोखरेलले सम्वोधन गरेका थियो।

केन्द्रिय जनसम्वन्ध विस्तार अभियान टोली न. ४ हिजो कपिलवस्तु वाट रुपन्देहि प्रवेश गरेको थियो। रुपन्देहि जिल्ला पार्टीका सचिव लक्ष्मीकान्त पौडेलले टिमका नेता हेमन्त प्रकाश वली लालवहादुर जाग्री धनेश्वर पोखरेल प्रेम सुवेदी सहितका नेताहरु लाई पार्टीका तर्फ वाट टिका र खादा लगाएर स्वागत तथा अभिवादन गरेका थिए।  गर्गरेमा भएको जनसभाको सञ्चालन मनिराम सापकोटा र सम्वोधन पिविएम धनेश्वर पोखरेलले गर्नुभएको कुरा जिल्ला सचिव लक्ष्मीकान्त पौडेले बिम्ब अनलाइन लाई वताएका छन।



२०८२ वैशाख २ २२:०४ बजे

प्रतिक्रिया