१६५ ठाउँमा नै बालेनहरु आए के होला ?

१६५ ठाउँमा नै बालेनहरु आए के होला ?

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ११ १०:२३ बजे
सागर ढकाल

काठमाडौं । अहिले  देशको संघीय राजधानी रहको  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निकै चर्चा चलिरहेको छ । उनको चर्चा अहिले मात्रै होइन्  चुनाव अघि पनि त्यस्तै थियो ।   केही अगाडि महानगरपालिकाको फोहोर व्यवस्थापनमा  कमजोर बनेका भन्दै बालेनको आलोचना  समेत हुन थालेको थियो ।  दुईचार दिन यता मेयर बालेन फिल्मी शैलीमा आएर काम गर्ने थालेका छन् । उनले चालेका कदमको कतिपयले खुलेर साथ दिएका छन्, भने कतिपयले आलोचना गरका छन् । बालेनले चालेको कदमलाई  पूर्व प्रधानमन्त्री  डा. बाबुराम भट्टराई तः सलोट नै गरेका छन् ।  

डडेल्धुरामा  देउवालाई  चुनौती दिन  अघि सरेका गुल्मीका सागर ढकालले पनि  यस्तै बालेनहरु आए  के होला  भन्दै ट्वीटरमा  लेखेका छन् । एउटा बालेन आउँदा यस्तो छ, १६५ क्षेत्रमै बालेनहरु आए भने के होला ??? देशको माया लाग्छ भने  देशभरि बालेनहरुलाई आउने चुनावमा १६५ क्षेत्रमै खोजी खोजी सकेको मेहनत गरेर संघीय चुनाव जिताउनु होला । अबको प्रधानमन्त्री पनि बालेन जस्तै युवा प्रधानमन्त्री थोरै नयाँ होइन पूर्ण नयाँ । 

https://twitter.com/watersagar/status/1563166742083342336

२०७९ भदौ ११ १०:२३ बजे

प्रतिक्रिया