प्युठान।जनसम्वन्ध विस्तार अभियानको ४ न. टोलीले अभियानको २४औ दिनमा प्युठानका चारस्थानमा कोणसभा सम्पन्न गरेको छ।
प्युठान जिल्लाको दर्भानमा भएको कोणसभा लाई पार्टीका स्थायी समिति सदस्य तथा ४ न. टोलीको नेता हेमन्त प्रकाश ओली र पिविएम केवि गुरुंङले सम्वोधन र सञ्चालन पार्टीका जिल्ला सचिव विरवहादुर पुनले गरेका थिए।
वडडाडामा भएको कोणसभालाई पार्टीका पिविएम लालवहादुर जाग्रीले सम्वोधन र सञ्चालन कृष्ण रानाले गरेको थिए। प्युठानको चकचके वजारमा भएको कोणसभा लाई पिविएम धनेश्वर पोखरेलले सम्वोधन र जिल्ला सचिव विरवहादुर पुनले सञ्चालन गरेका थिए।यसै गरी भिग्रि वजारमा भएको कोणसभा लाई पिविएम केवि गुरुङगले सम्वोधन र जिल्ला सचिव विरवहादुर पुनले सञ्चालन गरेका थिए।
अभियानको ४ न. टोली वैतडीको झुलाघाट वाट यहि चैत्र ४ गते अभियानको उदघाटन गरेर वैतडी डडेल्धुरा डोटी अछाम दैलेख सल्यान सुर्खेत दाङ हुदै प्युठान पुगेको छ। प्युठान पार्टीले २\२ वटा गाडी दुई दुई वटा माइकको व्यवस्था गरेर प्युठानको सिंगो पार्टी समिति केन्दिय टोली सँगै जिल्ला भरी तिव्ररुपमा जनसम्वन्ध विस्तार अभियानका क्रममा कोणसभा जनभेटधाट पर्चा वितरणका काम तिव्ररुपमा अगाडी वढाइरहेको कुरा पार्टी सचिव विरवहादुर पुनले बिम्ब अनलाईन लाई वताएका छन।
प्रतिक्रिया