जनसम्वन्ध विस्तार अभियानका क्रममा शहिद परिवार सँग भेटघाट तथा सम्मान गर्दै . ४ न. टोली

bimbonline बिम्ब अनलाइन
२०८१ चैत्र २५ २१:१८ बजे

दाङग। क्रान्तिकारी काम्युनिष्ट पार्टीको जनसम्वन्ध  विस्तार अभियान २१औ दिनमा दाङ्गको  घोराहि उपमहानगरपालीका वार्ड न३ वेलुवामा रहेका शहिद परिवारका सदस्यहरुलाई खादा अविर लगाएर स्वागत एव सम्मान गरिएको छ।

दाङग जिल्ला पार्टीको आयोजनामा हिजो जनसम्वन्ध अभियानको २१ औ दिनमा दाङग जिल्लाको घोराहि उपमहानगरपालीका वार्ड न. ३ वेलुवामा रहेका शहिद परिवारका व्यक्तिहरु लाई अभियान टोली न.४का टोली नेता  हेमन्त प्रकाश ओलीले टिका र खादा लगाएर सम्मान गरेका छन।

२०५८ साल मसिर १८ गते तत्कालीन शाहि नेपाली सेनाले माओवादीको आरोपमा  अन्नवाली भित्र्याएको सन्दर्भमा थारू समुदायले वनाइने पिण्ड चार्डमा खानखाएर मनोरन्जन गरिरहेका थारु युवाहरु लाई घरवाट थुचेर गाउँको चौरहामा लाइन लगाएर अन्धा धुन्दा गोली प्रहार गरी हत्या गरीएका शहिद परिवारका सदस्यहरु लाई हिजो सम्मान गरिएको छ।

शहिद पृथ्वीनारायण चौधारीका वुवा स्वयमराज चौधरी तुल्सीरामकी आमा रजनी चौधरी ढुण्डिराज चौधरीकी आमा वजारी चौधरी सुन्तरी चौधरीका आमा सुनरी चौधरी हेलुराम चौधरीकी आमा काली चौधरी ,राम प्रशाद चौधरीकी आमा फुलमती  चौधरी विनोद चौधरीकी आमा चेरुन्ती चौधरी वुध्दीराम चौधरीका वुवा मानिकलाल चौधरी लाई अभियान टोली न. ४का नेता हेमन्त प्रकाश ओलीले टिका र दोसल्ला ओडाएर सम्मान गरेका थिए।

शहिद परिवारका सदस्य सुन्दरलाल चौधरीले  प्रचण्ड , विपल्वले क्रान्ति र कम्युनिष्ट आन्दोलन लाई घोका दिए पनि क्रान्तिकारी कम्युनिष्ट पार्टीले क्रान्तिकारी आन्दोलन लाई अगाडी वढाउछ भन्ने कुरामा हामीलाई आशा विश्वार रहेको छ उहाँले भन्नु भयो। सवै क्रान्तिकारीहरु एक भएर मात्र क्रान्ति सफल हुन सक्ने कुरा उहाले वताउनु भयो। क्रार्यक्रमको सञ्चालन दाङ्ग जिल्ला सचिव इश्वरी गैरले गर्नु भएको थियो।

जनसम्वन्ध विस्तारको २१औ दिनमा हिजो दाङग जिल्लाको तिनस्थान लमहिवजार, गडुवा र भालुवाङमा कोणसभा सम्पन्न भएका छन। लमहिवजारको वसपार्कमा भएको कोणसभा लाई पार्टीका पोलिटव्युरो सदस्य लालवहादुर जाग्री ,गडुवामा भएको कोणसभा लाई पार्टीका पोलिटव्युरो सदस्य धनेश्वर पोखरेल र भालुवाङमा भएको कोणसभा लाई पार्टीका पोलिटव्युरो सदस्य केवि गुरुङगले सम्वोधन र सञ्चालन दांङग जिल्ला सचिव इश्वरी गैरेले गर्नु भएको कुरा टोली सदस्य दिनेश थापाले बिम्ब अनलाईन लाई वताएका छन।




२०८१ चैत्र २५ २१:१८ बजे

प्रतिक्रिया