जनसम्वन्ध विस्तार अभियानको ३ न. टोली वाँकेको खजुरामा

bimbonline बिम्ब अनलाइन
२०८१ चैत्र १७ ०८:५३ बजे

नेपालगञ्ज।  जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र १७ गते बाँकेको खजुरा ६ गिजडामा कोण सभा सम्पन्न गरेको छ ।

कोण सभामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्ण्राज पौडेल र पोलिटव्यूरो सदस्य चक्रपाणि शर्माले सम्बोधन भएको थियो। उक्त कार्यक्रमलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाँके जिल्ला कार्यालय सदस्य विक्रम भण्डारीले सञ्चालन गर्नु भएको थियो ।

अभियानकै अवसरमा क्रान्तिकारी महिलासंगठन नेपाल खजुरा गाउँपालिका वडा नं ६ मा एक रिक्त सहित ९ सदस्यिय समिति गठन गरिएको छ ।जसमा अध्यक्ष नानकाला कामी , उपाध्यक्ष दूर्गा तिरुवा ,सचिव काली वि.क., सहसचिव लालसरा वि.क., कोषाध्यक्ष वसन्ती परियार, सदस्यहरु सावित्रा वि.क.,पुष्पा परियार तिलसरा वि.क. रहनुभएको छ ।

अभियान टोलीले बाँकेको खजुरा गापाको रिमझिम चोकमा पर्चा वितरण गरेको छ ।उक्त चोकमा सम्पन्न कोणसभालाई अभियान टोली सदस्य टंक कोइरालाले  सम्बोधन गर्नु भएको थियो भने विक्रम भण्डारीले सञ्चालन गर्नु भएको थियो ।त्यसरी नै खजुरा ३ खजुरा बजारमा कोण सभा सम्पन्न भएको छ ।कोणसभालाई अभियान सदस्य दीपक विस्टले सम्बोधन र विक्रम भण्डारीले सञ्चालन गर्नु भएको थियो । रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले जनवादी साँस्कृतिक प्रस्तुति दिनुभएको थियो ।

अभियान टोलीले जानकी गापा ४ मा पनि कोण सभा सम्पन्न भएको छ । सभालाई पार्टीका वैकल्पिक केन्द्रिय सदस्य तथा महिला नेता कमला खड्काले सम्बोधन र विक्रम भण्डारीले सञ्चालन गर्नु भएको थियो ।टोलीले खजुरा गापा ६ सिमलघारीमा राजनीतिक छलफल गरेको छ । शहिद प्रकाश चौधरीका दाइ आशाराम चौधरी सँग अभियान टोलीले भेटघाट गरेको छ ।अभियान टोलीका सदस्य शेरबहादुर देउवा र दीपक विष्टले वहाँहरुसँग पार्टीको विचार राख्नुभएको  थियो।


२०८१ चैत्र १७ ०८:५३ बजे

प्रतिक्रिया