धनगढी। क्रान्तिकारी महिला संघ कैलालीको जिल्ला भेला सम्पन्न भएको छ। उक्त भेलामा केन्द्रीय संयोजक अम्बिका मुडभरिको विशेष उपस्थिति रहेको थियो।
भेलाले कैलाली जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ। आगामी २०८२ जेष्ठ ९ र १० गते कैलाली जिल्ला सम्मेलन गर्ने भएको छ। भेलाले मिना कडालको संयोजकत्वमा १३ सदस्य जिल्ला सम्मेलन आयोजक समिति गठन गरेकोछ। जस्मा संयोजक मिना कडाल सचिव बबिता थापा सदस्यहरुमा क्रमश जलु दमाई तारा बि क, जगु दमाई लक्ष्मी चुनारा लाली दमाई धना नागरी मीना चौधरी चम्पा लोहार निमा लोहार अतुरनिया चौधरी रहेका छन।
क्रान्तिकारी महिला संगठन चैनपुर टोल समिति गठन भएको छ । जस्मा अध्यक्ष देवसरा उपाध्याय, उपाध्यक्ष विपना देउवा सचिव कृष्णा कलेल ( देउवा)सदस्यहरू खगीसरा बि क,पदमा देउवा ,मिना देउवा ,सिता ढकाल सरश्वती देउवा पार्वती जैसी मना देउवा वसन्ती देउवा कोकिला देउवा सरस्वती महरा पुष्पा देउवा अमृता देउवा पवित्र देउवा रहेका छन।
क्रान्तिकारी किसान महासंघको चैनपुर टोल समिति गठन
अभियान टोली न. ३ ले कैलालीको लम्कीचुहामा क्रान्तिकारी किसान महासँघको टोल समिति चैत्र १२ गते गठन गरेको अभियान टोली सदस्य जितामित्र सुनारले बिम्ब अनलाईन लाई वताएका छन। जस्मा अध्यक्ष पुष्कल वुढा उपाध्यक्ष कृष्ण विष्ट सचिव डण्डी प्रशाद ढकाल कोषाध्यक्ष पार्वती जैसी सदस्यहरू दिपक बि क डिल्ली बटाला कुम्भ विष्ट,कालु बि क,करबिर देउवा ,भगी देउवा ,अमर देउवा ,प्रसाद देउवा ,लोक बहादुर देउवा बहादुरे देउवा रहेका छन।
जनतासँग अन्तक्रिया
लम्कीचुहा नगरपालिका ६ चैनपुरमा स्थानिय बासिन्दाको बिचमा अभियान टोलीले अन्तरक्रिया कार्यक्रम गरेको छ। अभियान टोली प्रमुख तथा पार्टीका स्थायी समिति सदस्य कमरेड कृष्ण पौडेलले समसामयिक तात्कालिक राजनीतिक विषयमा र किसानहरुको हक अधिकारका बिषयमा बोल्नु भएको थियो। कार्यक्रम अभियान टोली सदस्य तथा संयोजक अम्बिका मुडभरी (अञ्जना)ले पनि महिला आन्दोलन र अधिकारको बिषयमा बोल्नु भयो। अभियान टोली सदस्य नारायण योगीले सिमली छायाँमा बसी भन्ने गीत गाउनु भएको थियो। कार्यक्रमको सहजीकरण शेरबहादुर देउवाले गर्नु भएको थियो।
प्रतिक्रिया