भारतको हिन्दूवादी सँगठन आर. एस एसको उक्साहट र नरेन्द्र मोदीको ग्रान्ड डिजाइनमा ज्ञानेन्द्र शाहीले पुनः राजा बन्ने दुष्प्रयास गरिरहेका छन- जितामित्र सुनार

फ्रान्सका लुई सोह्रौ राजालाई फ्रान्सेली जनताले अन्ततः गिलेटिनबाट घाटी छिनेर मृत्युदण्ड दिएको ईतिहास नेपालमा पुनरावृत्ति हुने हेक्का ज्ञानेन्द्र शाहले बुझ्नुपर्ने हुन्छ

bimbonline बिम्ब अनलाइन
२०८१ चैत्र ९ १०:४४ बजे
कोणसभा सम्वोधन गर्दै वैकल्पिक पिविएम जितामित्र सुनार

धनगढी।  गड्डाचौकी वाट उद्घाटन गरेर आगाडी बडेको जनसम्बन्ध विस्तार अभियानको टोली हिजो ९ गते विहान  धनगढी उपमहानगरपालिका -१७ डुमौलियामा बिन्तीराम चौधरीको घरबाट चिया खाएर  अगाडी वढ्यो।  कैलालीको गौरीगंगा नगरपालिका -३ को कुचैनी बजारमा कोणसभा गर्यो। उक्त कोणसभामा अभियान टोली सदस्य तथा पार्टीका केन्द्रिय सदस्य  दिपक बिष्टले मन्तब्य राख्नु भएको थियो। उहाँले जनसम्बन्ध विस्तार अभियानको उद्श्यको बारेमा बोल्नु संसदवादी दलहरू सत्ता स्वार्थ मिल्दा  घाटी जोडेर बस्ने र स्वार्थ न मिल्दा तथानाम गाली गलौच गर्ने प्रबृति रहेको वताउनु  भयो।   हामीले यसप्रकारका प्रबृतिको भण्डाफोर गर्दै नेपाली जनतालाई सचेत बनाउने छौ भन्नु भयो।

कैलाली जिल्लाको गौरीगंगा  नगरपालिका -६ बनबेहडा बजारमा कोणसभा सम्पन्न भएको छ। उक्त कोणसभामा लाई अभियान टोली सदस्य तथा केन्द्रीय सदस्य दिलबहादुर कठायतले सम्बोधन गर्नु भएको थियो। जनसम्बन्ध विस्तार अभियानको क्रममा हामी हरेक गाँउ वस्ति र बजारका चोक चोकमा पुगेर जनतालाई जागरुक गराउने र नेपाली क्रान्तिको कार्यभार पुरा गर्ने छौ  उहाँले भन्नु भयो।

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वार्ड नं - ६ को मोयामा  जनसम्बन्ध विस्तार अभियान टोलीले श्रमदानमा सहभागी भयो। टोलीले मोया बस्ने पटुवारी रानाको खेतमा पाकेको मसुरो निकाल्ने काम गरेको थियो। 

कैलाली जिल्लाको गोदावरी नगरपालिका -८ को स्याउले बजारमा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई अभियान टोली सदस्य तथा बैकल्पिक पिबिएम कमरेड जितामित्र सुनारले सम्वोधन गर्नुभएको थियो। ज्ञानेन्द्र शाहले भारतको हिन्दू फासिस्ट आर. एस एस को उक्साहट र नरेन्द्र मोदीको ग्रान्ड डिजाइनमा ज्ञानेन्द्र शाहीले पुनः राजा बन्ने दुष्प्रयास गरिरहेकोछ। फ्रान्सका लुई सोह्रौ राजालाई २१ जनवरी १७९३ मा जनताले अन्ततः गिलेटिनबाट घाटी छिनेर मृत्युदण्ड दिएको ईतिहास नेपालमा पुनरावृत्ति हुने हेक्का ज्ञानेन्द्र शाहले बुझ्नुपर्ने हुन्छ  उहाँले भन्नु ‌भएको थियो। कोणसभाको सञ्चालन कैलाली जिल्ला सचिव रुद्र कडेलले गर्नु भएको थियो।

                                                                                                                                           

गोदावरी नगरपालिका - ७ लालपुर टेकुलामा सभा सम्पन भएको छ। उक्त सभालाई प्रमुख वक्ताका रुपमा स्थायी समिति सदस्य  कृष्ण पौडेलले सम्बोधन गर्नुभएको थियो। सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभएको थियो क्रान्तिकारीहरुको मुख्य दायित्व नेपालको कम्युनिस्ट आन्दोलनलाई विभिन्न भड्काव र दक्षिणपन्थी संशोधनवादी धारा बाट बचाउँदै सही क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण गर्नुहो । यस्को लागी सम्पुर्ण क्रान्तिकारी शक्तिहरू एकता एकताबद्ध हुनु आजको आवश्यकता हो उहाले भन्नुभयो । २ नम्बर ब्यूरो सचिव रामबहादुर के सी ( डायमण्ड ) ले जनसम्बन्ध विस्तार अभियानको उद्श्यका बारेमा बोल्नु भएको थियो। पार्टीका पिबिएम कमरेड सिपि शर्माले पनि उक्त सभालाई सम्बोधन गर्दै भन्नु भयो, ज्ञानेन्द्र संग देश वनाउने योजना के छ? राजाको वंशनास हुदा अहिलेका राजाबादीहरु कहाँ  थियौ ? भनेर प्रश्न गर्दै विप्लव पनि संसदवादीमा पतन हुदैछन् र उन्को मिसन ०८४ मा संशोधनवादमा पतन हुदै छ भन्नु भयो। सभालाई पिबिएम कमरेड अम्विका मुडभरीले पनि सम्बोधन गर्नु भएको थियो । अभियान टोली सदस्य  नारायण योगीले मन्तब्य सहित सिमली छायाँमा बसी भन्ने गीत गाउनु भएको थियो। कार्यक्रममाको सञ्चालन कैलाली जिल्ला सचिव रुद्र कडेलले गर्नु भएको थियो।

गोदावरी नगरपालिका अत्तरिया बजारमा पनि अभियान टोलीले पर्चा बितरण गर्नुका साथै महेन्द्रनगर रोडको  पिपलबोटमा कोणसभा सम्पन्न गरेको छ। उक्त कोणसभालाई पार्टीका पिबिएम तथा अभियान टोली सदस्य सीपी शर्माले सम्बोधन गर्नुभएको थियो। भने सञ्चालन कामरेड रुद्र कडेलले गर्नुभएको थियो। अभियान टोली साँझ लालपुर टेकुलामा खाना खाएर किसानहरुको घरमा विकेन्द्रित भएर वास वसेको टोली सदस्य जितामित्र सुनारले  बिम्ब अनलाईन पत्रिका लाई वताएको छन।


२०८१ चैत्र ९ १०:४४ बजे

प्रतिक्रिया