प्रतिगामी हर्कतको भण्डाफोर गरौ - कृष्ण पौडेल स्थायी समिति सदस्य

bimbonline बिम्ब अनलाइन
२०८१ चैत्र ८ ११:३० बजे

धनगढी।गड्डाचौकी उद्घाटन गरेर अगाडी बडेको जनसम्बन्ध विस्तार अभियानको  टोली न.३ ले आज ८ गते विहान बेलौरी वरीपरीका वस्तीमा जन भेटघाट कार्यक्रम  सम्पन्न गरेको छ। 

जनभेटघाट पछि बेलौरी बजारको संविधानसभा चोकमा प्रर्चा बितरण गर्दै कोणसभा सम्पन्न गरेको छ। कोणसभाको संचालन कञ्चनपुर जिल्ला सचिव विष्णुराम दमाईले गर्नुभएको थियो।  पार्टीका स्थायी समिति सदस्य तथा अभियान टोली न.३  का प्रमुख कृष्ण पौडलले सम्बोधन गर्नुभएको थियो। उहाँले पार्टीको जनसम्बन्ध विस्तार अभियानको उदेश्य प्रष्ट पार्नुका साथै स्वरोजगार, स्वास्थ्य शिक्षा र समानता यो व्यवस्थाबाट संभव नभएकाले जनवादी व्यवस्था स्थापनाका लागी आधार तयार गर्न अभियान सञ्चालन गरेको वताउनु भयो। भारतिय जनता पार्टीको आड भरोसामा प्रतिगामीहरुले आफ्नो गुमेको सत्ता ब्युँताउने कोशिष गरेपनि त्यो संभव नभए वताउनु भयो।प्रतिगामीहरुको हर्कतको भण्डाफोर गरि जनयुध्द जनआन्दोलनका उपलव्धिको रक्षा गर्दै जनगणतत्रको स्थापनाका लागी आधार तयार गरौ भन्नु भयो।

दोश्रो कोणसभा पुनरवास नगरपालिकाको आई. वि.आर.डी. वजारमा सम्पन्न भएको छ। उक्त कोणसभाको संचालन विष्णु दमाइ र सम्बोधन पार्टीका पिबिएम तथा अभियान टोली सदस्य कमरेड अम्बिका मुडभरीले गर्नुभएको थियो। मन्तब्य राख्दै राज्यले युवा श्रमशक्तिलाई विदेशमा पलायन गराउने गरेको छ भने युवा जनशक्तिलाई स्वदेशमा रोजगारीको ग्यारेन्टी गराउन राज्य उदासीन देखिन्छ।उहाँले भन्नु भयो।   विभिन्न प्रकारका काण्डै काण्ड मचाएर देशलाई कङ्गाल बनाएका यी पार्टीहरूको विकल्प राजा नभएर नयाँ जनबादी व्यवस्था हो उहाँले भन्नु भएको थियो।

त्यसपछि अभियान टोली कैलाली  जिल्लामा  प्रवेश गरेपछि  धनगढी नगरपालिका -१७ डुमौलियामा  कोणसभा सम्पन्न गरेको छ। उक्त कोणसभाको सञ्चालन कैलाली जिल्ला सचिव रुद्र कडेलले गर्नुभएको थियो। उक्त कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम कमरेड अम्बिका मुडभरीले सम्बोधन गर्नु भएको थियो। अभियान टोली सदस्य तथा  थारु जनगायक नारायण योगीले थारु भाषामा गीत गाउनुका साथै जवसम्म किसानहरुको सम्मान हुन सक्दैन देशमा कृषिमा विकास हुन सक्दैन र दलिय स्वार्थ भन्दा माथि उठेर किसानहरु स्वयम् आन्दोलित हुन आह्वान गर्नुभयो। टोलीको हिजो साँझ डुमौलियमा किसानहरुको बिचमा बास वसेका थिए।



२०८१ चैत्र ८ ११:३० बजे

प्रतिक्रिया