डडेल्धुरामा कोणसभा र पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

जनसम्वन्ध विस्तार अभियान पाचौ दिन सम्म जारी

bimbonline बिम्ब अनलाइन
२०८१ चैत्र ७ २०:२९ बजे

डडेल्धुरा।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जनसम्वन्ध विस्तार अभियानको आज पाचौँ दिन डडेल्धुराको सदरमुकाम वागवजारमा कोणसभा सम्पन्न भएको छ। 

कोणसभा लाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा टोली न. ४ का नेता हेमन्त प्रकाश ओलीले सम्वोधन गर्दै  पार्टीले ४५ दिने अभियान ५६ जिल्लामा सञ्चालन हुने छ। देशका चार स्थान पाँचथरको चियाभन्ज्यङ झापाको काकरभित्ता कञ्चनपुरको गड्डाचोकी  वैतडीको झुलाघाट वाट शुरु गरेर मे दिवशको सन्दर्भमा वैशाख १८ गते काठमाण्डौमा विशाल सभा गरिने वताउनु भयो।

कोणसभा लाई  पिविएम लालवहादुर  जाग्री, केवि गुरुङ, धनेश्वर पोखरेलले पनि सम्वोधन गरेका थिए। कोणसभाको सञ्चालन सिसिएम हरि सुवेदीले गर्नुभएको अभियानका सदस्य दिनेश थापाले विम्व अनलाईन लाई वताएका छन।

   

डडेल्धुरा  जिल्लाको सदरमुकामको तुफानडाडामा रहेको क्लासिक होटलको हलमा आज विहान क्रान्तिकारी कम्युनिष्ट पार्टी डडेल्धुरा जिल्ला कमिटीको आयोजनामा पत्रकारहरु सँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

पत्रकार भेटघाट कार्यक्रममा पिविएम लालवहादुर जाग्रीले विषय प्रवेश गर्दै  जनसम्वन्ध विस्तार अभियानका उदेश्यहरु माथी प्रकाश पार्दै यो अभियान भ्रष्टचार वित्तिय तथा वैङ्कको शोषण राष्टघाटका विरुध्द,प्रतिगामीहरुका हर्कतहरुको भण्डाफोर जनयुध्द तथा जनआन्दोलनका उपलँव्धिका रक्षा ,एकता महाधिवेशनको सन्देश प्रवाह गर्न ,सवै देशभक्त वामपन्थि क्रान्तिकारीहरुलाई एकतावध्द गर्न र यो दलाल सँसदिय व्यवस्थाको विकल्प जनगणतत्र स्थापनाका लागी आधार तयार गर्न सञ्चालन गरिएको वताएका छन।

पत्रकार भेटघाट कार्यक्रमा टोली न.४  का नेता हेमन्त प्रकाश ओलीले  एकता महाधिवेशनले तिनवटा क्रान्तिकारी पार्टीहरु विच एकता गरेको हो। माओवाद तथा विचारधार मान्ने अन्य क्रान्तिकारीहरु सँग पनि एकता गरि विशाल क्रान्तिकारी पार्टी निर्माण गर्ने सकिने वताएका छन। पार्टीको पथपर्दशक सिदान्त माक्सवाद लेनिनवाद माओवाद निश्चित गरेपनि माओविचारधारा र माओवादीमा खुल्ला छलफल गर्न सकिने महाधिवेशनको निति रहेको वताएका छन।नेपाल अव अर्ध सामान्ति अर्ध औपनिवेशिक अवस्थावाट नवउपनिवेशिक अवस्थामा रहेको छ। पार्टीको कार्यदिशा जनसँघर्ष जनप्रतिरोध तथा जनविद्रोहको रहेको उहाँले वताउनु भयो।

पत्रकार भेटघाट कार्यक्रमा डडेल्धुरामा रहेका टिभि, एमएम अनलाईन र प्रिन्ट मिडियाका स्थानिय तथा केन्द्रिय स्तरका पत्रकारहरुको सहभागीता रहेको थियो।कार्यक्रमको सञ्चालन जिल्ला ईञ्चार्ज लालवहादुर मडै लालकिरणले गर्नुभएको थियो। 


२०८१ चैत्र ७ २०:२९ बजे

प्रतिक्रिया