काठमाडौं । सत्तागठबन्धन भित्र सिट बाँडफाँट लागि बनेको कार्यदलमा दलहरुले सिट दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको कार्यदलको बैठकमा कांग्रेसले १०० माओवादीले ६० एकीकृत समाजवादीले ४० जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबि गरेका छन् । उनीहरुले दाबी गरेको कुल सिट संख्या २२७ हुन आउँछ जबकि प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ निर्वाचित हुने सिट संख्या १६५ मात्रै रहेको छ।
बिहीबार बिहान बसेको गठबन्धनको बैठकले कार्यदललाई संघ प्रदेशका निर्वाचन क्षेत्रमा दलको अवस्था शुक्रबारसम्म विश्लेषण गर्न जिम्मेवारी दिएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले दिएको जिम्मेवारीअनुसार प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समिक्षा भइरहेको बताएका छन् ।
प्रतिक्रिया