डडेल्धुरामा जनसम्वन्ध विस्तार अभियानका कार्यक्रमतय

दोस्रो दिन ७ गते चमडामा जनभेटघाट गरेर चिपुरमा रहेको शहिद विनयको सालिकमा श्रध्दाञ्जी अर्पण

bimbonline बिम्ब अनलाइन
२०८१ फागुन २७ १३:५६ बजे

डडेल्धुरा। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले यहि चैत्र ४ गते देखि एकै पटक देशका ५४ जिल्लामा सञ्चालन गर्न गइरहेको जनसम्वन्ध विस्तार अभियानका चारवटा केन्द्रिय टोली मध्ये वैतडीको झुलाघाट वाट शुरुहुने  हेमन्त प्रशाद ओली सुदर्शन नेतृत्वको टोलीलाई  चैत्र ६ गते डडेल्धुराको अनारखोलीमा डडेल्धुरा पार्टीले स्वागत  गर्ने  कार्यक्रम रहेको वताइन्छ। 

स्थायी कमिटी सदस्य हेमन्त प्रशाद ओली सुर्दशनको नेतृत्वको टोलीमा परि थापा, लालवहादुर जाग्री, के.वि. गुरुङ,  धनेश्वर पोखरेल , दिनेश थापा समेतका केन्द्रिय नेताहरु र महिला विधार्थी कलाकार सहितको करिव १५ जनाको केन्द्रिय टोली रहेने छ भन्ने सँ-सगै  व्युरो र जिल्लाका टोलीहरु पनि रहने छन।

६ गते  डडेल्धुराको अनारखोली, पोखरा, पुईलेक हुदै चमाडामा  कार्यक्रम हुनेछन। दोस्रो दिन ७ गते चमडामा जनभेटघाट  गरेर चिपुरमा रहेको शहिद विनयको सालिकमा श्रध्दाञ्जी अर्पण गरेर शहिद वेपत्ता धाइते अपाङग यातना पिडितहरु सँग भेटघाट गरी भद्रपुरमा कोणसभा गरेर वगरकोटमा अभियान टोलिको वसाई हुनेछ। तेस्रो दिन ८ गते वगरकोट ,डुङगरी, सिराड, आइतमा जनभेटघाट गरी डडेल्धुरा समदमुकाममा टोलीको वसाइ रहनेछ। चौथो दिन अर्थात ९ गते विहान पत्रकार भेटघाट दिउसो स्थानिय विभिन्न पार्टी कार्यकर्ता, वुध्दिजिवि, शिक्षक, किसान- मजदुर सँग अन्तक्रिया गरे पछि वागवजारमा कोणसभा हुने कुरा पार्टीका जिल्ला इञ्चार्ज लालवहादुर मडै लालकिरणले बिम्व अनलाईन लाई वताएका छन।

जिल्ला इञ्चार्जको नेतृत्वमा जिल्ला समितिका सवै सदस्यहरु, विधार्थी र युवा मोर्चाका अध्यक्ष\ ्सचिव रहने गरी जिल्ला टोली गठन गरिएको छ। जिल्ला टोलीले जिल्लाका ५२ वटा वार्डमा पर्चा वितरण जनभेटघाट सदस्यता वितरणका कार्यक्रम गरिने पार्टीका नेता प्रकाश ऐरले अनलाईन लाई वताएका छन।



२०८१ फागुन २७ १३:५६ बजे

प्रतिक्रिया