जनसम्वन्ध विस्तार अभियान वाँके-वर्दियाका जिल्लाभरी ४५ दिन सञ्चालन हुने

bimbonline बिम्ब अनलाइन
२०८१ फागुन २३ १०:४८ बजे

नेपालगञ्ज। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल वाँके जिल्ला समितिको वैठक यहि फाल्गुन २२ गते ३ न. व्युरो इञ्चार्ज प्रतिविम्व व्युरो सेक्रेटी प्रकाशउर्जाको उपस्थिति र कुशलको अध्यक्षतामा नेपालगञ्जमा  सम्पन्न भयो। 

वैठकले जनसम्वन्ध विस्तार अभियान केन्द्रिय टोली र जिल्ला टोली गरी दुई वटा टोलीले सञ्चालन गर्ने छन। केन्द्रिय टोलीको कार्यक्रम चैत्र १४ गते खजुराको सिमलगाडी, खजुरा वजारमा कोणसभा जनभेटघाट १५ गते नेपालगञ्जमा पत्रकार सँग भेटघाट लधुवित्त सहकारी , मिटरव्याजी पिडित र विभिन्न पार्टी  स्थानिय सरोकारवालाहरु सँग अन्तक्रिया साँझ कोणसभाको कार्यक्रम तय गरिएका छन। १६ गते डुडुवाको मिलचोक र नैनापुरमा कोणसभा नैनापुरको सुकुम्वासी वस्तीमा घरदैलो भेटघाट १७ गते राप्तिसोनारी र कोहलपुरमा कोणसभा जनभेटधाट कार्यक्रम गरिने वाके जिल्ला सेक्रेटी कुशलले बिम्व अनलाईन लाई वताएका छन।

जिल्ला समितिको सवै जना जिल्ला स्तरको टोलीमा सहभागी रहने छन। जिल्ला टोलीले चैत्र १ गते नेपालगञ्जमा अभियानको उदधाटन गरेर ४५ दिन सम्म जिल्ला भरिका नगर\गाउँ पालीकामा कोणसभा जनभेटधाट सदस्य वितरण जनवर्गिय सँगठनको गठन वैठक सभा अन्तक्रिया  र सँघर्षका कार्यक्रम गरिने व्युरो सेक्रेटी प्रकाश उर्जाले बिम्व अनलाईन लाई वताएका छन।

                               वर्दियामा पनि जनसम्वन्ध अभियान सञ्चालन हुने

गुलरिया। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल वर्दिया जिल्ला समितिको वैठक ३ न. व्युरो इञ्चार्ज प्रतिविम्व व्युरो सेक्रेटी प्रकाशउर्जाको उपस्थिति र विनयको अध्यक्षतामा हिजो गुलरियामा सम्पन्न भयो।

वैठकले जनसम्वन्ध अभियानका लागी विभिन्न कार्यक्रम तयारी गर्नुका साथै केन्द्रिय टोलीको जिल्ला भरीको रुडतय गरेको छ। जस अनुसार चैत्र १० गते राजापुर र गेरुवामा कोणसभा साँझ ठाकुरवावामा जनभेटघाट, ११ गते ठाकुरवावा भुरिगाउँ तारातालको लालिवजारमा कोणसभा साझ घरदैलो जनभेटधाट,१२ गते वर्दियाको सदरमुका गुलरियामा विहान पत्रकार भेटघाट दिउसो सरोकारवाला मिटरव्याजी सहकारी लघुवित्त पिडितहरु सँग अन्तक्रिया साझ वजारमा कोणसभा १३ गते  जयनगर वासघारी मैनापोखरीमा कोणसभाका कार्यक्रम रहेका छन। त्यसैगरी जिल्लास्तरमा १५ जनाको नियमित टोलीले चैत्र १ गते मैनापोखरी वाट अभियानको उदघाटन गरि जिल्लाका सवै वार्ड  स्तरमा कोणसभा जनभेटघाट सदस्यता वितरण कमिटी गठन पुनगठन प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गरीने कुरा जिल्ला इञ्चार्ज भुकम्पले बिम्व अनलाईन लाई वताएका छन।

वैठकले स्थानिय स्तरमा मिटरव्याज  सहकारी लघुवित्त पिडित तथा भुमिहिन अव्यवस्थित वसोवासि सुकुम्वासीहरु समेतका समस्याहरुलाई उठान गर्दै जनसँघर्ष कार्यक्रम अगाडी वढाउने कुरा पार्टी  सचिव  विनयले वताएका छन।मिटरव्याज सहकारी लधुवित्तको समस्या अन्य जिल्लाहरु भन्दा यस जिल्लामा व्यापक रहेको  पिडितहरुले वताएका छन। केहिपार्टीहरुले यि समस्यालाई लिएर आफ्नो धन्दा चलाएको तर वास्तविक पिडितले भन्ने  न्याय नपाएको वताएका छन।


२०८१ फागुन २३ १०:४८ बजे

प्रतिक्रिया