आज हामी महिलाहरुको अवस्था र आवश्यकता लाई नियालेर हेरेउ भने कमजोरी धेरै प्रगति थोरै पाउछौं किनकि हामीहरुले महिला दिवस ८ मार्च लाई ८ मार्च १९११ बाट मनाउदै आएका छौं । आगामी आठ मार्च महिला दिवस लाई पनि भब्यताका साथ मनाउने छौं तर फर्केर हेर्दा प्रत्येक बर्षमा दिवश मनाउने गरेका छौं। खास रुपमा भन्नू पर्दा हामी लामबद्ध भएर लागेको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जनबर्गिय संगठनहरुले मनाउनु र अन्य पार्टी पङ्तिहरुले मनाउनुमा आकाश पताल वा सारररुपमा फरक पाउने गरेका छौं ।
हामीले पुर्णरुपमा जुन कार्यलाई ठोसरुपमा अगाडी बढाउन सकेका छैनौं यसका पछाडि संसदवादीहरुका कारण बाहेक पनि थुप्रै कारणहरु छन ।तर हामीहरु त्यो दिशा तिर नजाउ आज हामी महिला भयका कारणले हामीहरुमा साहास र आट गर्ने क्रममा हामी महिलाले के गर्न सक्छौ र कसैले केही भन्ने होकी भन्ने बिचारका कमरा हुने गरेका छौं ? यो बिचार बाट मुक्त हुनको लागि हाम्रो ब्यवहार लाई ठोस रुपमा अगाडी लिनसके मात्र महिला हरुको मुक्ति हुनेछ। आज हामी हाम्रो समाजमा केही कार्य गर्नु परेमा महिलाहरुलाई पुर्णता दिन डराउने गर्दछौं र स्वयं महिलाहरुमा पनि कमजोर आफुलाई ठान्नुको कारण महिला आन्दोलनले खासरुप लिन नसकेको पाउछौं। बिगतका समयमा जस्तै २०१२सालमा दलित महिला संगठन मिठाइ देवीको अध्यक्षतामा सलबलाएको थियोे तर बिचमा सम्पत्तिको दिसामा बिलय भयो यसरी संगठित महिला संगठन धेरै देख्न सक्छौ तर ठोस रुपमा आन्दोलन लाई सफलताको दुरीमा पुराउनको लागि कसै बाट पनि तागतको हिसाबले आन्दोलन या दिवस लाई लिन सकेका छैनौं ? हामी महिला भयका कारण कमसेकम एउटा ८ मार्च देखि अर्को ८मार्च सम्म भए पनि महिलाहरुको हकहितको लागि योजनाबद्ध भएर लागे मात्र हामीहरुले लिएको अडान सफल हुनेछ।
अहिलेको अवस्थामा हेर्दा धेरै महिलाहरु जनप्रतिनिधि भएका छन तर उनीहरुमा कम्युनिस्ट कार्यशैलिमा महिला हकअधिकारको आन्दोलत उठाउन गर्ने रणनीति र बैज्ञानिक कार्यशैलिको बिकास हुन सकिरहेको अवस्था छैनन् । जस्तै भारतको दलित महिलाहरुलाई संगठन र आन्दोलनमा सामेल गराउने क्रममा डाक्टर अम्बेतकारले १९२८मा आफ्नी श्रीमती रमावाई अम्बेडकारको अध्यक्षतामा दलित महिलाहरुलाई सामेल गराउन सफल भएका थिए । १९३६को दलित महिला आन्दोलनमा हजारौं हजार महिलाहरुलाई सहभागी गराएका थिए भने आन्दोलनमा सहभागी महिलाहरुले सेनाले गरेको दमनको उत्तर हामीहरु कुनै गिरफतारी बाट डराउने छैनौं अब प्रतिकारको लागि तयार छौं भन्न पुगेका थिए र डाक्टर अम्बेडकरले यदि तपाईहरु मुक्ति चाहानु हुन्छ भने तपाईहरुले जिबिका निर्भा गर्न लागेको पेसा त्याग्नु आवश्यक छ। हामी महिला भएको कारणले जुनसुकै क्षेत्रमा किन पछाडि छौँ र यस बाट मुक्ति पाउनको लागि के के पुर्बधारहरुको आवश्यक छन हामीलाई सबै चिजको समधानका लागि निति आवश्यक छ।
तर कुन व्यवस्थाको र के बिचारधाराकले महिलाले मुक्ति प्राप्ति गर्दछ यो रोज्न अति आवश्यक छ जुन हो माक्र्सवाद लेनिनवाद र माओसेतुङ्ग बिचार धारा आज हाम्रो देश या संसारमा नै किन नहोश जुन महिलाहरुको हकहितको लागि जुन कार्य सुरुवात भयो यो कसैकालागि पत्याउदो थिएन र आज क्रमिक रुपमा स्विकार गर्दै छन समाजका महिला वा पुरुषहरु तर जो कोहि भए पनि आखिर समाज परिवर्तनको खाचो छ र गर्दै जानू छ त्यसो भएको हुदा हामीहरुले महिलाहरुको चाड भनेर कुर्लिनु कुनै आचार्यको बिषय होइन। कतिपय महिलाहरु हरक्षेत्रमा पुरुष भन्दा शक्तिशालि छन ।तर फरक बिचार र बिभेदमा छ र कसैले यो वा त्योरुपमा बोल्छ भने उ कत्तिको क्रान्तिकारी छ या उ मुखको मात्र क्रान्तिकारी हो या मंच वा व्यवहार यो हामीहरुले जानू पर्ने हुन्छ नत्र दिन भरी महिला अधिकारको भाषण रातपरे पछिको शोषण हुनेछ ।
महिला दिवस ८ मार्च लाई जसरी पुँजीवादीहरुले नकारात्मक रुपमा उपयोग गरिरहेका छन त्यो रुप झन झाङ्गिदै जानेछ यि सबै चिजको अन्त गर्नको लागि हामीहरुले मनाउने महिला दिवस कार्यक्रम लाई हर तरिकाले समाजमा पुग्ने गरि अगाडि लगे मात्र महिलाहरुको उत्थान हुनेछ अनेथा महिलाले नै आफ्नो चरित्र लुटेको थाहै पाउने छैन्न। जहा फेसनको लागि र आफ्नो सेवामूलक कार्यको लागि हुनेछ यो सबै चिजको अन्त गर्नको लागि आगामी ८ मार्चको कार्यक्रमले थप उर्जाको रुप लिनेछ कि यो संसार भर मनाउने महिला दिवस आजको अवस्थामा बिशेषरुपमा खडा हुनेछ यहीँ छ आगामी ८ मार्चको कार्यक्रम प्रति सफलताको शुभकामना साथ अभिन्दन ।
प्रतिक्रिया