काठमाण्डौ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका का.वा. महासचिव सिपि गजुरेल गौरवले आज एक वक्तव्य जारी गर्दै नेपालमा राजतत्र पर्काउने प्रयास र योजनाका विरुध्द दृढतापुर्ण उभिन्न जनता र कार्यकर्ता लाई आव्हान गरेको छन।
वक्तव्यमा भनिएको छ यही फागुन ७ गते “प्रजातन्त्र दिवस”मा पूर्वराजा ज्ञानेन्द्र शाहले “हामीलाई साथदिन सबै देशवासीलाई आह्वान गर्दछौं” भन्दै देशवासीका नाममा दिएको भिडियो सन्देशप्रति पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित भएको वताएका छन ।
पूर्व राजामा यसरी बोल्ने आँट आउनुमा एकातिर नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको राष्ट्रहित, जनहित विरोधी नीति तथा व्यवहार हो भने अर्कोतिर भारतीय जनता पार्टीको उक्साहट भएको ठहर गरेकाछन । साथै, पूर्वराजा र राजावादीहरुले राजतन्त्र फर्काउन गर्ने कुनै पनि प्रयाशका विरुद्ध दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन ।
ताप्लेजुङ जिल्लाको मकुम्लुङमा स्थानीय जनचाहना विपरीत केबुल कार निर्माण गर्न राज्यले जनतामाथि जुन दमनको घोर भत्र्सना गर्दछ र त्यहाँ केबुलकार निर्माण गर्ने वा नगर्ने भन्ने कुरा त्यहाँकै स्थानीय जनताको चाहना अनुसार होस् भन्ने माग गरेका छन ।
भारतको ओडिसामा कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत प्रकृति लम्सालको मृत्यू र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको दूव्र्यवहारले नेपालको शिक्षा क्षेत्रमा आएको ह्रास र नेपाल सरकारको लापरवाहीको प्रदर्शन गरेको छ । नेपाल सरकारसँग त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी कति थिए र कति फर्किए भन्ने तथ्याङ्क सम्म पनि छैन । नेपाल सरकारको गलत शिक्षा नीतिका कारणले नेपाली विद्यार्थीहरुले यो अवस्था भोग्नुपरेको ठहर गरेका छन । अतः उच्च शिक्षा हासिल गर्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्दै स्वदेश मै सर्वसुलभ रुपमा उच्च शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्न सरकारसँग जोडदार माग गरेका छन ।
वित्तीय कार्यदल -Financial Action Task Force_ ले नेपाललाई ग्रे लिस्टमा पारेको छ । यसले आगामी दिनमा नेपालको अर्थतन्त्रमा नकारात्मक असर पार्नेछ । देशलाई यो स्थितिमा ल्याउन पनि नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारहरु नै जिम्मेवार भएको वताएका छन।
नेपालका शासकहरु मुख्यतः नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले देशलाई आत्मनिर्भर अर्थतन्त्रको विकासतिर लैजाने भन्दा पनि विभिन्न साम्राज्यवादी शक्तिहरुको दलाली गरेर देशलाई पर निर्भरतातिर लगिरहेका छन् भनेर जुन आलोचना गरेका थियौं त्यो कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत नेपालका ती नेताहरुको कामलाई फ्रड (ठगी) भनेर आलोचना गरेबाट थप पुष्टि हुन पुगेको वक्तव्यमा उल्लेख गरेका छन ।
प्रतिक्रिया