सुर्खेत। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आगामी चैत्र १ गते देखि सञ्चालनहुने जनसम्वन्ध विस्तार अभियान भेरी कर्णालीका सवै जिल्लामा प्रभावकारी रुपमा सञ्चालन हुने छन।
३ न व्युरोको हिजो सुर्खेतको विरेन्द्रनगरमा व्युरो इञ्चार्ज लालवहादुर जाग्री प्रतिविम्वको प्रमुख आतिथ्यता र सेक्रेटी दिपक शाही प्रकाश उर्जाको अध्यक्षतामा वसेको वैठकले भेरी कर्णालीका वाके वर्दिया सुर्खेत जाजरकोट दैलेख,हुम्ला हुम्ला मुगु कालीकोट र डोल्पा लगायत सवै जिल्लामा सञ्चालन गर्ने गरी योजना तय गरिएको ३ न.व्युरो सेक्रेटी प्रकाश उर्जाले विम्व अनलाईन लाई वताएका छन।
वैतडीको झुलाघाट वाट आउने ४ न.केन्द्रिय टोलीले यस व्युरोका दैलख जाजरकोट सुर्खेत र कञ्चनपुरको गडाचौकी वाट आउने ३ न. केन्द्रिय टोलीले यस व्युरो अन्तर्गतका वाके वर्दिया सुर्खेत जिल्लामा कोण सभा जनता सँग भेटघाट प्रशिक्षण अन्तक्रिया कार्यक्रम गर्ने छन। व्युरो र जिल्ला स्तरिय टोलीहरु केहि समय केन्द्रिय टोली सँ-सँगैका कार्यक्रम सञ्चालन गरिने छन।केन्द्रिय टोलीहरु अर्को क्षेत्रमा गइसकेपछि जिल्ला र व्युरोका टोलीले जिल्ला –जिल्लामा ४५ दिने अभियान सञ्चालन गर्ने छन।
जिल्ला र व्युरोको टोलीहरुले जनवर्गिय सँगठनको कमिटि गठन,स्थानिय कमिटिको वैठक ,कोणसभा जनतासँग भेटधाट सदस्यता वितरण, अन्तक्रिया, पर्चा वितरण समेत कार्यक्रम गरिने वाके जिल्ला सेक्रेटी कुशलले वताएको छन।
प्रतिक्रिया