नागरिकता विधेयक, एमसीसी र एसपीपी विरुद्ध निरन्तर आन्दोलन

नागरिकता विधेयक, एमसीसी र एसपीपी विरुद्ध निरन्तर आन्दोलन

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ९ २१:३५ बजे
आन्दोलन

काठमाडौं ।  राष्ट्रघाती  भनिएको एमसीसी, एसपीपी र नागरिकता विधेयक, व्याप्त भ्रष्टाचार, महँगी र मलको अभाव विरुद्ध संघर्षरत पाँच वाम शक्तिहरुले निरन्तर आन्दोलन गर्ने भएका छन् ।  कार्यगत मोर्चाको संयुक्त बैठक  नेकपा (मसाल) राष्ट्रिय महाधिवेशन आयोजक समितिको केन्द्रीय सम्पर्क कार्यालय बागबजारमा बसेको बैठकमा नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि चिन्तामणि पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का नेता चन्द्रहरि सुवेदी, नेकपा (बहुमत)का नेता कृष्ण धमला नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी, तथा घटक दलका अन्य नेताहरूमा शारदा महत, टेकहरि न्यौपाने, यामप्रसाद शर्मा र कृष्णभक्त महर्जनको समेत उपस्थिति रहेको चिन्तामणि पौडेलले  जनाएका छन ।

नागरिकता विधेयकले विदेशीलाई नागरिकता दिने बाटो खोल्ने र पुस्तौं पुस्तादेखि तराईमा बसोबास  गर्दै आएका नेपाली नागरिकलाई अल्पसंख्यक तुल्याउन बाह्य जनसंख्या अतिक्रमण निम्त्याउने जुन षडयन्त्र मूलक काम सरकारले नागरिकता विधेयक मार्फत गरेको छ त्यसका विरुद्ध के तराई, के पहाड के हिमाल सबै तिरका नेपाली जनता एकजुट भएर विदेशीले नागरिकता नपाउने र स्वदेशीले नागरिकताबाट बञ्चित नहुने ठोस राष्ट्रिय नीति निर्माण र कार्यान्वयनका निमित्त संघर्ष गर्नु पर्ने आवश्यकता अझ बढेको बैठकले निष्कर्ष निकालेको छ । यस सन्दर्भमा वर्तमान चुनावी सरकारले अब विवादास्पद नागरिकता विधेयकबारे संसद र राष्ट्रपतिकोमा प्रस्तुत गर्न नमिल्ने र यो रोके र आगामी सरकारले मात्र दुरगामी राष्ट्रिय हित अनुकूलको नागरिकता विधेयक प्रस्तुत गर्नु पर्ने बैठकले औंल्याएको छ ।

वर्तमान नागरिकता विधेयकका बारेमा राष्ट्रपतिले खेलेको भूमिका राष्ट्रिय हित अनुकूल र सह्रानीय भएकोले यसलाई राजनीतिक पूर्वाग्रहको नजरले हेर्न नहुने पनि बैठकले निचोड निकालेको छ ।कार्यक्रमका बारेमा ब्यापक छलफल गरी यस कार्यगत मोर्चाले वर्तमान वस्तुस्थितिलाई मध्यनजर राखेर संघर्षका थप कार्यक्रमहरूको मिति र स्थान निर्धारण गरेको छ । जस अनुसार आगामी भाद्र १६ गते उपत्यकाको ललितपुर लगनखेलमा विरोध सभा गर्ने, १८ गते इटहरी, २२ गते जनकपुर, २५ गते वीरगञ्ज, २८ गते लुम्बिनी र ३१ गते नेपालगञ्जमा विशेषगरी नागरिकता समस्या बारेमा विशेष अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ ।

यसका अतिरिक्त  एमसीसी परियोजना कार्यान्वयन गर्ने परियोजना स्थलका जनतासँग प्रत्यक्ष संवाद र ती स्थलहरुको संयुक्त अवलोकन गर्ने समेत कार्यक्रम तय भएको छ ।त्यसरी नै आइपीएस अन्तरगतका गतिविधिहरुमा नेपाली सेनाको संलग्नता र भूमिकाले नेपालको राष्ट्रिय सेनाको देशभक्तिपूर्ण भूमिकाका बारेमा समेत प्रश्न उठाउने काम गरेको, सरकारको युक्रेन, ताइवान र चीनका बारेमा दोधारे प्रवृत्तिले नेपालको असंलग्न परराष्ट्र नीतिमाथि नै गम्भीर प्रश्न उठिरहेको बारेमा पनि बैठकमा छलफल गरिएको छ। यसबारे सरकारले सार्वभौम नेपाली जनतासमक्ष प्रष्ट पार्नु पर्ने जोडदार माग पनि बैठकले गरेको जनाएको छ ।बैठकले मिटरब्याजको शोाषणबाट पीडित किसानहरूको संघर्षप्रति ऐक्यबद्धता जनाउँदै संघर्षरत किसानहरूको सुरक्षित बसोबास र खानपिनको ब्यवस्था मिलाउन सरकारसँग सयुक्त विज्ञप्ति  निकाली जोडदार माग समेत गरेका छन।

आज नेकपा (मसाल) महाधिवेशन आयोजक समितिले शाम्ति  वाटीका  काठमाडौैंमा  नागरिकता विधेयक जलाउदै कोण सभा गरेको छ। सो सभाको सन्चालन लक्ष्मी रिजाल र नारायण सापकोटाले मन्तव्य राखेका थिए । 

२०७९ भदौ ९ २१:३५ बजे

प्रतिक्रिया