काठमाण्डौ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिको दोस्रो पूर्ण वैठक यहि २०८१ माघ २६ देखि फागुन १ कार्यवाहक महासचिव क. गौरवको अध्यक्षतामा काठमाडौँमा सम्पन्न भएकोछ । वैठकले दुइ महिने अर्थात ६० दिने जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ।
देशका पुर्व-पश्चिम दुईवाट लोकमार्ग झापा देेखी महेन्द्रनगर, वैतडीको झुलाधाट देखि पुर्वको पाँचथरको चियोभञ्ज्याङ सम्म साठी दिने जनसम्वन्ध विस्तार अभियान सञ्चालन गरिने पार्टीका का.वा. महासचिव गौरवले आज एक वक्तव्य जारी गरेर वताएका छन।
जनसम्बन्ध विस्तार अभियान पूर्वमा झापाको मेचीनगर र पाँचथरको चियोभञ्ज्याङ तथा पश्चिममा कञ्चनपुरको महेन्द्रनगरको गड्डाचौकी र बैतडीको झुलाघाटबाट २०८१ चैत्र १ गते एकैसाथ शुरु गरी २०८२ वैशाख १८ गते काठमाडौ पुगेर मे दिवसको अवसरमा जनसभाका साथ सम्पन्न गरिने पार्टीले जनाएको छ। चार अभियान टोलीको नेतृत्व पार्टीका स्थायी समिति सदस्यहरुद्वारा गरिनेछ । टोलीमा विधार्थी मजदूर किसान युवा स्वयम सेवक तथा रक्तिकका कलाकारहरुको पनि सहभागीता रहने छन।
चारवटै टोलीले ६० दिनमा देशका छयालिस जिल्लामा र सवै जिल्ला समितिले आ-आफ्नो जिल्लामा ६० दिने जनसम्वन्ध विस्तार अभियान सञ्चालन गर्ने वताइन्छ। जनसम्वन्ध विस्तार अभियानमा कोण सभा, सभा, प्रशिक्षण ,सदस्यता वितरण, कमिटी गठन पुनगठन नयाँ सदस्यहरु पार्टीमा भर्ना, भित्ते लेखन पर्चा वितरण, साँस्कृति कार्यक्रमको प्रस्तुति, अन्तक्रिया ,भेटघाट, छलफल जस्ता सवै कार्यक्रमहरु गरिने छन।
प्रतिक्रिया