आमनिर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निणर्य

आमनिर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निणर्य

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २ १८:०० बजे
कांग्रेस/ गठबन्धन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आम निर्वाचनमा पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिने निणर्य गरेको छ । कांग्रेसको केन्द्रीय समितिको बैठकले पाँच वर्ष स्थिर सरकार दिनका लागि गठबन्धनका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने निणर्य गरेको हो ।

पार्टीलाई आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित गराउने भन्दै कांग्रेसले संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जननताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि चुनावी तालमेल गरेर अघि बढ्ने निणर्य गरेको हो । तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ ।

वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निणर्य गर्दछ,’ बैठकको निणर्यमा भनिएको छ, ’यसरी गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ।

२०७९ साउन २ १८:०० बजे

प्रतिक्रिया