भारत। जैमिनी नगरपालिका वार्ड नंबर ७ धुल्लु गहते, बागलुङ जिल्ला निवासी हाल पान्डीचेरीमा कार्यरत अखिल भारत नेपाली एकता समाजका केन्द्री सदस्य साथै नगर कोषाध्यक्ष आर जनकराज शर्माकी आमा लक्षिमा पाध्यानीको सम्झनामा अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरीको नगर कार्यालयमा मिती ०९\०२\२०२५ कादिन शोक सभा सम्पन्न भएको छ।
जनकराज शर्माले चल्दै आएको कु संस्कृतिलाई परिवर्तन गर्दै नयाँ ढंगबाट अगाडि बड्ने अठोटका साथ शोक सभाको कार्यक्रम लाई एक हप्ता दिनु भएको छ । उहाले कोरा नपसी कपाल नखौरी प्रगतिशील रुपमा आफ्नो कार्यलाई अगाडि बढाउनु भएको हो।
संगठनले उहाँको यो कदम र आट लाई हमेसा सघाउने छ। शोक सभाको कार्यक्रम नगर अध्यक्ष सुर्य थापाको अध्यक्षता र नगर सदस्य प्रेम सुवेदीको संचालनमा अगाडि बढेको थियो। कार्यक्रममा स्व. आमा लक्षिमा पाध्यानीको सम्झनामा एक मिनेट मौनधारण पछि आमाको तस्बिरमा फुलका गुथा र अविरले सम्मान गरिएको थियोे ।
छोरा आर जनकराज शर्माले आमा प्रतिको सम्मान लाई कुन तरिकाबाट सम्झने र कुन तरिकाबाट उहाँले देखाएका बाटाहरुलाई अंगाल्ने भन्ने बारेमा र कुरिति र कु संस्कार लाई हामी कुन रुप रेखामुनि राख्ने बारेमा र काज कृरिया नगर्नाले के हुन्छ या गर्ने ले के उपलब्धि हासिल गरेका छ यो जगतमा जन्मे पछि मृत्यु सबैको हुन्छ तर यहाँ परिवर्तनका बाटाहरु केहुन र कसरी गर्दै जाने बारेमा आफ्ना भनाइहरु राख्नु भएको थियोे।
क्रमशः शोक मन्तव्य राख्नेहरुमा प्रवासी संघ भारत केन्द्रीय समिति हिरामणि शर्मा , अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य राजु थापा , कुमारी थापा, हरिकला थापा ,नगर सदस्य रमेश थापा , शिवा बस्नेत , दक्षिण टाउन एरिया समिति बाट किरान क्षेत्री , सुरेन्द्र चौधरी , राजेश चौधरी , सुरज चौधरीले शोक मन्तव्य राख्नु भएको थियोे।
कार्यक्रमको अन्तमा अध्यक्ष सुर्य थापाले समाजमा जे जस्ता अवस्था आउछन यि सबैलाई हामी छिचोल्दै जानू नै हाम्रो दाहित्व हो र जनकले म आफुले पनि काज कृरिया नगरेको र आज जनकले पनि नगर्दा आफू एक्लो नभएको जनाउँदै पान्डिचेरीमा गत समयमा बालकृष्ण गायक , नर बहादुर के सी र बिरेन्द्रा थापाले काज कृरिया नगर्दा र शोक सभाको कार्यक्रममा आफू सहभागी भएको सुचित गर्दै कार्यक्रममा सहभागी सबैलाई सम्मान साथ धन्यवाद दिदै कार्यक्रमको बिसर्जन गर्नु भएको थियोे ।
प्रतिक्रिया