एमालेमा घनश्याम भुसालको प्रस्ताव– वाममोर्चा बनाऔँ,१५० सिट जितिन्छ

एमालेमा घनश्याम भुसालको प्रस्ताव– वाममोर्चा बनाऔँ,१५० सिट जितिन्छ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ९ १४:०८ बजे
घनश्याम भुसाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटब्युरो बैठकमा नेता घनश्याम भुसालले वाममोर्चा बनाएर चुनावमा गए आफुले  सोचे भन्दा  धेरै जित्ने बताएका छन् ।  

च्यासलमा जारी बैठकमा भुसालले वाममोर्चा बने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ मध्ये १५० सिटमा जित हासिल गर्न सकिने प्रस्ताव राखेका छन् ।  स्थानीय तहको चुनावको परिणामलाई हेर्दा वाममोर्चा बनाएर चुनावमा गए प्रत्यक्षतर्फ नै दुई तिहाइभन्दा बढी सिट जित्न सकिने  उनले ताएका छन् ।

 उनले भने, ‘मैले निर्वाचनअघि नै कम्युनिष्ट पार्टीहरू एक ठाउँमा उभिँदा करिव ६०० नगररगाउँ पालिकाहरूमा जितिन्छ भन्ने आकलनका साथ वाममोर्चाको प्रस्ताव गरेको थिएँ । गत स्थानीय तहको परिणामले त्यसलाई पुष्टि गरेको छ । अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसमेतले जितेका स्थानीय तह जम्मा ३४७ छन् । कम्तिमा १५० स्थानीय तह कम्युनिष्टको पार्टीको विभाजनका कारणले गुमेका छन् । त्यो क्षति हामी बाँचेका सबै कम्युनिष्ट नालायकी हो,’ । वाममोर्चा बनेको अवस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटमा करिब १५० सिटसम्म ल्याउन सकिने बताएका छन् । 

उनले वाममोर्चा नबने कम्युनिष्ट पार्टीले गुमाउने कुरा छर्लङ्गै  भएको बताएका छन् । कम्युनिष्ट पार्टी विभाजित हुँदा कांग्रेसले एमालेविरुद्ध कम्युनिष्ट पार्टीहरूलाई नै प्रयोग गर्ने अवस्था देखिएको पनि उनले बताएका छन् । भुसालले आगामी निर्वाचनमा वामपन्थी दल नमिले कम्युनिष्ट पार्टी र आन्दोलनै पछाडी  धकेलीने   बताएका छन् । 

२०७९ भदौ ९ १४:०८ बजे

प्रतिक्रिया