आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँ बढ्यो

आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँ बढ्यो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ९ १४:०० बजे
सुनको मुल्य

 काठमाडौं ।  आज नेपाली  बजारमा सुनको  मुल्य  तोलामा पाँच सय रुपैयाँले बढेको छ ।  बुधवार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ९५ हजार आठ सय रुपैयाँ तोकिएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज चाँदीको भाउ पनि बढेको छ । आज १० रुपैयाँले बढेर चाँदी तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको  छ । 


२०७९ भदौ ९ १४:०० बजे

प्रतिक्रिया