राजनीति भनेको ठिक र बेठिकको बीचको निरन्तर द्वन्द्व- वावुराम भट्टराइ

बेइमान र ठगहरुको बिगबिगी भएको समाजमा सोझो, इमान्दार र सरल ढंगले अघि बढ्न नसक्ने अवस्था रहेको बताए

bimbonline बिम्ब अनलाइन
२०८१ माघ २७ १८:४६ बजे
वावुराम भट्टराइ अध्यक्ष नेपाल समाजवादी पार्टी(नयाँशक्ति)

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताएका छन् । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

नयाँ युगको नयाँ वैकल्पिक राजनीतिका निम्ति वैकल्पिक राजनीतिक शक्तिहरुको बीचमा नै विमर्श हुनुपर्ने भन्दै भट्टराईले बेइमान र ठगहरुको बिगबिगी भएको समाजमा सोझो, इमान्दार र सरल ढंगले अघि बढ्न नसक्ने अवस्था रहेको बताए । उनले राजनीति भनेको ठिक र बेठिकको बीचको निरन्तर द्वन्द्व भएको पनि बताए । आफूहरुले गर्ने राजनीति रुपान्तरणकारी राजनीति भएको दाबी समेत उनले गरे ।

अध्यक्ष भट्टराईले भने, ‘अब यो नयाँ युगको नयाँ वैकल्पिक राजनीतिको निम्ति वैकल्पिक राजनीतिक शक्तिहरुको बीचमा नै विमर्श हुनुपर्छ । त्यसको निम्ति एउटा दिशाबोध हुनुपर्छ । कसरी जाने भन्ने । किनभने राजनीति भन्नेबित्तिकै समाजका समस्या समाधान गर्ने साधन हो । बेइमान र ठगहरुको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले जान्छु भन्ने सोच्नुभयो भने तपाईंलाई निराश बनाइहाल्छन् । चार पटिबाट घेरेर राख्छन । राजनीति भनेको ठिक र बेठिकको बीचको निरन्तर द्वन्द्व हो । एउटा सत्तामुखी राजनीति, ढाँट, छल, तिक्डम, जालझेल, गरेर जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, राज्यको दोहन गर्ने भन्ने छ । त्यो पुरानो राजनीति हो । हामीले भनेको रुपान्तरणकारी राजनीति हो । जसले समाजमा खुशी र समृद्ध बनाउँदै जाने हो । नयाँ युगको नयाँ कार्यभार वैकल्पिक राजनीतिको औचित्य र आधार हुनेछ ।’


२०८१ माघ २७ १८:४६ बजे

प्रतिक्रिया