काठमाडौं । आजबसेको सत्तारुढ गठबन्धनको बैठकले देशका सबै निर्वाचन क्षेत्रहरुको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको छ ।
प्रधामन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले देशको १६५ निर्वाचन क्षेत्रको अवस्थाको बारेमा अध्ययन गरी विस्तृत प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन गरेको हो।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन्। उनले गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार कार्यदलले छलफल गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने बताएका छन् ।
आज फेरि कार्यदलमै जिम्मेवारी दिने निर्देशन भएको उनले बताएका छन् । आज दिउँसो ४ बजे कार्यदलको बैठक बसेर शीर्षस्थ नेताहरुले दिएको निर्देशन अनुसार कार्यदलले समग्र रुपमा छलफल गरेर प्रतिवेदन नेतृत्वलाई बुझाउने निर्णय भएको उनले बताए । उनले भने , अब कार्यदललाई आधार तयार गरेर अहिलेको परिस्थितिमा १६५ निर्वाचन क्षेत्रको अवस्था के–कस्तो छ, त्यसको बारेमा विस्तृत प्रतिवेदन बनाएर पेस गर्ने निर्देशन कार्यदललाई प्राप्त भएको छ ।’ आज दिउँसो ४ बजे कार्यदलको बैठक बस्ने उनले बताएका छन् ।
प्रतिक्रिया