अमेरिका-इजरायलको प्यालेस्टाइन कब्जा गर्ने घोषणको क्रान्तिकारी कम्युनिष्ट पार्टीले गर्यो विरोध

bimbonline बिम्ब अनलाइन
२०८१ माघ २४ ११:०० बजे

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी राष्ट्रपति ट्रम्पको प्यालेस्टाइन कब्जा गर्ने घोषणको विरोधगरेको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले माघ २४, २०८१ मा एक वक्तव्य प्रकाशित गरी सो विरोध गर्नु भएको हो । 

वक्तव्यमा भनिएको छ  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबाट क्षतविक्षत भएको गाजा क्षेत्रबाट प्यालेस्तिनी जनतालाई वरपरका देशहरुमा सार्ने घोषणा गरेको लगत्तै गत माघ २२ गते मंगलबार उनले गाजा पट्टीमाथि आवश्यक परे सेना प्रयोग गरेर भएपनि कब्जामा लिने अर्को घोषणा गरेका छन् ।

यो घोषणा उनले बेन्जामिन नेतन्याहुसँग संयुक्त रुपमा गरिएको पत्रकार सम्मेलनका क्रममा गरेका हुन् । डोनाल्ड ट्रम्पको यो घोषणा प्यालेस्तिनी जनताले बसोबास गर्दै आएको पुरा प्यालेस्तिनी भूमि कब्जा गर्ने इजरायली शाषक वर्गको विस्तारवादी रणनीतिको एउटा हिस्सा हो ।

प्यालेस्तिनी जनताको सार्वभौम अधिकार माथि नाङ्गो हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपतिको यो दम्भपूर्ण नव–फासीवादी आदेशलाई पूर्णतः खारेज गर्दछ र प्यालेस्तिनी जनताको न्यायपूर्ण सङ्घर्षप्रति ऐक्यबद्धता जाहेर गर्दछौ । साथै, प्यालेस्तिनी जनतामाथि हुँदै आएको इजरायली अतिक्रमण तथा यस प्रकारको अमेरिकी सैन्य हस्तक्षेपको धम्कीका विरुद्ध आवज उठाउन विश्वभरिका सम्पूर्ण उत्पीडित राष्ट्र तथा जनतामा हार्दिक अपील वक्तव्य मार्फत गरिएको छ ।वक्तव्यको पुर्णपाठ-

२०८१ माघ २४ ११:०० बजे

प्रतिक्रिया