ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो)ले दिउसै प्रर्दशन गर्यो लालटिन जुलुस

bimbonline बिम्ब अनलाइन
२०८१ माघ २२ २१:०५ बजे

काठमाण्डौ। ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो)को आयोजनामा सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै  १२ दिने  आन्दोलनका कार्यक्रम अन्तगत आज लालटिन जुलुस प्रर्दशन गरेका छन।

गोर्खाहरुको न्याय स्वयम नेपाल सरकारले समेेत हरण गरेको अवस्थामा गोर्खाहरुको न्यायको खोजीका निमित्त दिउसै लालटिन वालेर न्याय खोज्दै प्रर्दशन गरेर साँकेतिकरुपमा विरोध जनाएको विगेसोका अध्यक्ष पदम सुन्दर लिम्वले विम्ब अनलाइन लाई वताएका छन।

लालटिन जुलुस माइतिघर मण्डला देखि ववरमहल, धोवीखोलाकोपुल भएर नयाँ वानेश्वर  सँसद भवन हुदै पुनः विशेष अदालत कितावखानाको सडक लाइन भएर माइतिघर मण्डलामा आएर लालटिन जुलुस कोण सभामा परिणत भएको थियो।

कोण सभालाई अधिवक्ता लालवहादुर जाग्रीले सम्वोधन गर्दै विगेसोको आन्दोलन केवल गोर्खाहरुको अधिकार सुविधाका लागी मात्र नभएर विभिन्न देशका  तर्फवाट  प्रथम र दोस्रो विश्व युध्द लडेका नेपालीहरु उनका जहान परिवार आफन्तहरु ,  रोजगारीको लागी   विश्वका विभिन्न देशमा रहेका नेपालीहरुको हक अधिकार स्वाभिमान सुरक्षा  र वर्मा भुटान सिक्किम गडवाल कुमाउ समेतका स्थानमा रहेका नेपाली जातीहरुको स्वाभिमान सुरक्षाको सँरक्षण गर्ने  यो अभियान हो भनि वताउनु भयो।

कार्याक्रमका प्रमुख वक्ता एव विगेसोका प्रमुख सल्लाकार परि थापाले  सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न नसक्ने वर्तमान सरकार हुतिहारा नालायक भएको हुदा विगेसोले यसरी आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको वताउनु भयो। यो आन्दोलन नेपाली श्रमिकहरु  विश्वका जुनसुकै देशमा काम गरीरहे पनि उनिहरुको अधिकार सुरक्षाको ग्यारेण्टी नेपाल सरकारले गर्नुपर्छ भन्ने कुराको सुनिश्चितता गराउनका लागी   आन्दोलन गर्नुपरेको वताउनु भयो। कार्यक्रमको अध्यक्षता सञ्चालन विगेसोकाअध्यक्ष पदम सुन्दर लिम्वुले गर्नुभएको थियो।


२०८१ माघ २२ २१:०५ बजे

प्रतिक्रिया