उहिले र अहिलेका माओवादी ?

bimbonline बिम्ब अनलाइन
२०८१ माघ १८ १९:५५ बजे
हरिलाल थापामगर

डडेल्धुरा। घर नजिकैको स्थायी शिक्षण पेशा त्यागेर नयाँ समाज र मजदुर किसानको राज्य व्यवस्था  स्थापना गर्नका लागी जनयुध्दमा सहभागी भएर जनयुध्दमा प्रभावकारी भुमिका निर्वाह गरेका हरिलाल थापा मगर पहिलो सविधान सभा सदस्य पनि हुनुभयो।

माओवादी केन्द्रको नेतृत्वले दक्षिणपन्थी दिशा समात्यो भनेर मोहन वैध किरणको नेतृत्वमा माओवादी विभाजन भएका वखत  किरण लाई साथ दिएका थापाले किरण वाट विपल्वले  विद्रोह गर्दा विपल्वलाई पनि साथ दिदै जिम्मेवारी लिएर काम गरेका थिए।

पछिल्लो समयमा उनी पुनः माओवादी केन्द्र नजिक रहेर काम गर्दै आएकोमा आज उनले आफ्नो फेसवुकमा जनयुध्दका पहिलो शहिद दिलवहादु रम्तेल र एक गिट्टि कुट्ने मजदुर सँगै आफ्नो फोटो पोष्ट गर्दै  फेसवुक स्टाटस लेख्दै भनेकाछन-

माओवादी त्योहो जो हिजो थियो,आजछैन। जो आज छ हु भन्छ उहिलेजो थिएन ? आज हाम्रो देशमा त्यहि भास्य बनाइएकोछ  यो कुरा माओवादीका सम्पूर्ण  शिर्षस्त नेताहरुले नबुझेको अनुभुती भएकोछ। हिजो माओवादी बन्न  बिचार , त्याग बलिदान र वर्गसंघर्षमा होमिनु पर्दथ्यो र बल्ल माओवादी भन्थे,चिन्थे र जनताले मायागर्थे साथ दिन्थे। आज माओवादी बन्न, पैसा पहुच,छलकपट र लुट्न जान्नुपर्छ,जनतालाई, मजदुरलाई र आफ्नै सहयोध्दा लाई ढाट्नसक्नुपर्छ, ठग्न सक्नुपर्छ ?यो अहिलेको यथार्थ सत्यलाई स्विकार्दै  रुपान्तरण  हुन नसक्नेहो भने साथिहरु जनयुद्का प्रथम सहीद दिल बहादुर रम्तेललाई सोध  माओवादी को हो ?  तेस्तै गिट्टी  कुटेर पेट्पाल्ने मजदुर लाई सोध माओवादी कोहो ? भनि लेखेका छन।

माओवादी वा सच्चा कम्युनिष्ट को हो? उहिलेका माओवादी वा अहिलेका माओवादी ?उहिलेका माओवादीहरुको अहिले पनि शरिर हात खुट्टा अनुहार उही छ तर विचार आचरण व्यवहार उहिलेको छैन। उनीहरुको वर्ग उत्थान वा रुपान्तण भएर दलाल वर्गमा परिणत भएका छन।किसान मजदुरको वर्ग सँग र उनीहरुको राज्य व्यवस्था स्थापना गर्न तर्फ अहिलेका माओवादीहरुको गोरू वेचेको साइनो सम्म रहेन भन्ने भाव स्टाटसमा व्यक्त गर्न खोजेका छन।

                                                                       


२०८१ माघ १८ १९:५५ बजे

प्रतिक्रिया