गायिका एलिना चौहानले मागिन लोग्ने सँग सम्बन्धविच्छेद

bimbonline बिम्ब अनलाइन
२०८१ माघ १८ १९:२४ बजे

काठमाडौँ । गायिका एलिना चौहानले लोग्ने सँग  सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् ।  उनले गत ५ वैशाखमा अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी  थिइन। उनले शुक्रबार वारिसमार्फत जिल्ला अदालत काठमाडौँमा सम्वन्ध विच्छेदको मुद्दा दायर गरेकी हुन् ।

चौहानले सम्बन्धविच्छेदको निवेदनमा सापकोटाले आफ्नो चरित्रमाथि धेरै शङ्का गरेको, काममा बाधा दिएको र शङ्का गरेको आरोप लगाएकी छन् । मानाचामल र अँश नलिने गरी मुद्दा दायर गरेकी उनले बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने बताएकी छन् । सापकोटा र चौहानबीच प्रेम सम्बन्धपछि बिहे भएको एक बर्ष नपुग्दै सम्बन्ध विग्रिए  लोग्ने स्वास्नीको नाता सम्वन्ध नरहने मागदावी गरी मुद्दा दर्ता   गरेकि हुन। 


२०८१ माघ १८ १९:२४ बजे

प्रतिक्रिया