महासचिव किरण शिक्षण अस्पताल महाराजगंजवाट डिस्चार्ज

bimbonline बिम्ब अनलाइन
२०८१ माघ १५ १३:१४ बजे
मोहन वैध किरण महासचिव

काठमाण्डौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले आज एक वक्तव्य जारी गर्दैै  दम रोगवाट ग्रसित महासचिव किरणको  त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा गत पौष १ गतेदेखि सघन कक्षमा उपचारमा रहनुभएकोमा हिजो माघ १४ गते साँझ अस्पतालबाट डिस्चार्ज भएको जनाएका छन ।

वक्तव्यमा भनिएकोछ  किरण स्वास प्रश्वासका दीर्घरोगी र निमोनियाबाट समेत संक्रमित हुनुहुन्थ्यो । किरणको उपचारमा संलग्न डा. निरज बम, शिक्षण अस्पताल महाराजगजका स्वासप्रश्वास विभागका प्रमुख डा. सन्त कुमार दास, सघन उपचार कक्षका डाक्टर प्रमेश श्रेष्ठ तथा डा. सुवाश आचार्य सहित अन्य डाक्टरहरु र परिचारिकाहरुको अथक प्रयास र अस्पतालका सम्बन्धित प्रशासक एवम् कर्मचारीहरुको सहयोगले उहाँले स्वास्थ्य लाभ गर्नु भएको जनाएको छ।

हाम्रो पार्टी उहाँहरु सबैप्रति हार्दिक आभार व्यक्त गर्दछ । साथै उहाँको उपचारको प्रक्रियामा प्रत्यक्षरुपमा अहोरात्र खट्ने पार्टीका जिम्मेवार कमरेडहरु, उपचार खर्च जुटाउन सहयोग गर्ने  पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरु र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण महानुभावलाई  पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछौ वक्तव्यमा भनिएको छ।

                                                                                                                                

२०८१ माघ १५ १३:१४ बजे

प्रतिक्रिया