हङकङ एसिया कपमा छनोट

हङकङ एसिया कपमा छनोट

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ९ १३:२० बजे
हङकङ

काठमाडौं । हङकङले  एसिया कप क्रिकेट खेल्ने भएको छ । एसिया कप छनोटमा यूएईलाई ८ विकेटले पराजित गर्दै हङकङ टी–२० एसिया कपमा छनोट  भएसँगै खेल्ने भएको छ । 

छनोटको अन्तिम खेलमा १ सय ४८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको हङकङले १९ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य  पुरा गरेको हो । हङकङका लागि यासिर मुर्टजाले ५८, कप्तान निजाकत खानले ३९ र बाबर हायतले ३८ रन  जोडेका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले तीन बल बाँकी छँदा सबै विकेटको क्षतिमा १ सय ४७ रन मात्रै बनाएको थियो । युएईका कप्तान रिजवानले ४९ र जावार फरिदले ४१ रन बनाए । बलिङतर्फ इसान खानले ४ र आयुष सुक्लाले तीन विकेट लिए ।

 छनोटको शीर्ष स्थानमा रहेको हङकङले ३ खेलबाट ६ अंक जोडेको छ। ३ खेलमध्ये २ खेलमा जित र १ खेलमा हार ब्यहोरेको कुवेत दोस्रो स्थानमा रहँदा यूएई भने तेस्रो स्थानमा रह्यो ।  सिंगापुरले भने एक खेल पनि जित्न सकेन छैन्  ।

छनोटसँगै हङकङ स्वतः समूह ‘ए’ मा परेको छ । टी–२० एसिया कप यही अगस्ट २७ तारिखदेखि यूएईमा हुँदैछ । ६ टिम रहेको एसिया कपमा दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारतसँगै पाकिस्तान र हङकङ छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

यी दुबै टिमबाट सुपर चारमा शीर्ष दुई टिम प्रवेश गर्नेछन् । सुपर चार राउन्ड रोविनको आधारमा हुनेछ । सुपर चारका शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् । फाइनल खेल आउँदो ११ सेप्टेम्बरमा हुनेछ ।

२०७९ भदौ ९ १३:२० बजे

प्रतिक्रिया