काठमाडौँ । धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङको गाग्री काठमाडौँमा प्रहरीले खोसेको छ । धरानवासीको खानेपानीको समस्या समाधान गर्न माग गर्दै उनी प्रतीकात्मक विरोधस्वरुप गाग्री बोकेर काठमाडौँ आएका थिए । मंगलबार गाग्री बोकेरै सिंहबार पस्न लाग्दा उनको गाग्री प्रहरीले खोसेको हो ।
साम्पाङ खानेपानी मन्त्रीलाई भेट्नका लागि सिंहदरबार पुगेका छन् । मंगलवार बिहान उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लाग्दा प्रहरीले खोसेर मात्र भित्र पठाएको हो । सिंहदरबार दक्षिण प्रवेश द्वारमा प्रहरीको निगरानी बढाइएको छ । मेयर साम्पाङले धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै आएको भए पनि संघ सरकारले उनको माग सम्बोधन गर्न सकेको छैन ।
धरान नगरपालीकाको पहलमा धरानवासीहरु लाई अस्थायीरुपमा खानेपानि खुवाउदै आएका हर्क साम्पाङले स्थायी समाधानका लागी सप्तकोशिको पानी धरानमा ल्याउन खोजेका छन। धरान नगरपालीकाको वजेटले ठुला योजना गर्न नभ्याउने भएकोले सँधीय सरकार सँग धरान खानेपानीको योजना पुरा गर्ने मागका लागी मेयर साम्पाङ सिहदरवार आएका छन।
प्रतिक्रिया