काठमाडौंका मेयर र अल्फाबेटाका प्रतिनिधिबीच बाझाबाझ

काठमाडौंका मेयर र अल्फाबेटाका प्रतिनिधिबीच बाझाबाझ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ९ १३:१२ बजे
काठमाडौंका मेयर

काठमाडौं । अवैध संरचनाहरु हटाउँदै क्रममा  काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र साह र नयाँबानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सका प्रतिनिधिबीच विवाद भएको छ । स्वीकृति पाएको भन्दा फरक प्रयोजनमा प्रयोग गरिएका संरचनाहरू हटाउने अभियान चलाइरहेका बालेन र अल्फाबेटाका प्रतिनिधिबीच बिहीवार विवाद  भएको  हो । मेयर बालेनले काठमाडौं महानगरपालिकाभिका अवैध संरचना र प्रयोजनविपरीत प्रयोग गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिरहेका छन् । उनले फुटपाथमा राखिएका व्यापारलाई समेत हटाइरहेका छन् । 

अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फार्मेसी सञ्चालन गर्न दिएको विषयलाई लिएर विवाद भएको  हो । मेयर बालेनले घरको नक्सा खोजे । त्यहाँ उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागे । त्यसपछि मेयर बालेनले जंगिएर प्रश्न गरे, ‘तपाईंको घरको नक्सा मसित हुनुपर्छ रु’त्यसपछि अल्फाबिटाका प्रतिनिधिले ‘नगरपालिकामा के हुन्छ त ?’ 

बालेनले पत्रिकामा निकालेको ३५ दिने सूचना देखाउँदै जंगिएर भने, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन रु तपाईंको घरको नक्सा मसँग हुन्छ कि तपाईंसँग ?’

त्यसपछि दुई पक्षबीच केही समय वादविवाद भएको थियो । अल्फाबिटाका प्रतिनिधिहरूले आफूहरूले राज्यलाई कर तिरिरहेको भन्दै करदाताको सम्मान गर्न बालेनसँग आग्रह गरेका थिए ।

मेयर बालेन बुधवारमात्र सुन्धारास्थित काठमाडौं मल, न्यूरोडको आरबी कम्प्लेक्सलगायतको अवैध संरचनामाथि डोजर चलाएका थिए । 

त्यस्तै काठमाडौं महानगरपालिकाले बुधवार साँझ कोटेश्वरका फुटपाथमा राखिएका व्यापार हटाएको थियो । अवैध संरचना हटाउन मेयर बालेन आफैँ फिल्डमा खटिएका छन् । 

२०७९ भदौ ९ १३:१२ बजे

प्रतिक्रिया