भारत र चीनको मिचाहा प्रवृत्तिका विरुद्ध काठमाण्डौमा पहिलो पटक प्रर्दशन

भारत -चीनले नेपालको जानकारी विना सहमति गरेको कार्य खारेज गरी नेपालको समेत सहमति लिइ नेपालको सार्वभौमिकताको सम्मान दुवै देशले गर्नुपर्ने

bimbonline बिम्ब अनलाइन
२०८१ माघ ६ १८:५५ बजे

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एमसीसी सम्झौता, संविधान संशोधन र लिम्पियाधुराको विषयमा भारत–चीनबिच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गरेको छ । आइतबार सो पार्टीले राजधानीमा विरोध र्‍यालीको आयोजना गरेको हो । 

र्‍यालीमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गर लगायतका नारा लगाइएको थियो । र्‍याली शान्तिबाटिका, भद्रकाली, नयाँ सडक हुँदै इन्द्रचोक जनबहालमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरु कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जनसभाको सञ्चालन पार्टीका नेता तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले सञ्चालन गर्नुभएको थियो भने अध्यक्षता नेता रामसिंह श्रीसले गर्नुभएको थियो । कार्यक्रममा नेताहरु हरिभक्त कडेल, सीताराम तामाङ, रामबहादुर बुढा लगायतले पनि विरोध मन्तव्य राख्नुभएको थियो ।

भारतको विस्तारवादी रवया विरूध्द अन्य पार्टीले विभिन्न समयमा विरोध प्रर्दशन गरे पनि भारत चीनको मिचाहा प्रवृर्ति विरूध्द क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्र पहिलो पटक प्रर्दशन गरेको एक सहभागीले वताइन्छ।

नेपालमा कुनै पार्टी भारतपरस्त र कुनै पार्टी चीनपरस्तको आरोप लागेको समयमा एकमात्र देशभक्त क्रान्तिकारी कम्युनिष्ट पार्टीले दुवै देशले नेपालको सार्वभौम सत्ताको सम्मान नगरेको हुदा मिचाह प्रवृत्तिको विरोध गरेको वताइन्छ।

लिपुलेख नेपालको त्रिदेशिय सिमा नाका भएकोले सो  भुमीमा केहि गर्नुपरेमा नेपाल सरकारको सहमति लिनुपर्नेमा भारत -चीनले नेपालको जानकारी विना दुईदेशले मात्र सहमति गरेको कार्य खारेज गरी नेपालको समेत सहमति लिइ नेपालको सार्वभौमिकताको सम्मान दुवै देशले गर्नुपर्ने कुरा कार्यक्रमका वक्ता रामवहादुर वुढाले वताएका छन।


२०८१ माघ ६ १८:५५ बजे

प्रतिक्रिया