काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रदेश र संघको निर्वाचन निकै रोचक हुने भएको छ । रोचक हुनुको कारण सत्तारुढ दलहरूको पाँच दलिए गठबन्धन पनि एक हो । मंसिरमा हुने निर्वाचनमा नेपाली कांग्रेसमा सभापति तथा प्रधानमन्त्री देउवालाई चुनावमा टक्कर दिनका लागि गुल्मीका सागर ढकाल हुमिएका छन् ।
लगातार निर्वाचन जित्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मंसिरमा हुने चुनाव जित्न सागर ढकालले चुनौती दिए पनि सम्पन्न स्थानीय तहको निर्वाचनको आधारमा नेपाली कांग्रेसले डडेल्धुराबाट निर्वाचन जित्ने पक्कापक्की छ ।
डडेल्धुरामा ७ स्थानीय तहहरू मध्ये नेपाली कांग्रेसले ५ स्थानीय तहमा जित हासिल गरेको छ भने बाँकी दुई पालीकामा नेकपा माओवादी केन्द्रले जितेको छ । नेकपा एमालले विगतमा जितेको पालीकामा समेत जित हासिल गर्न नसकेकाले डडेल्धुरामा एमाले कमजोर रहेको देखाउदछ छ । आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन निर्वाचनमा तालमेलमा आधारमा गए डडेल्धुरामा नपाली कांग्रेस भारी मतका साथ जित्ने देखिन्छ । स्थानीय तहको अवस्था:
परशुराम नगरपालिका
डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा नेपाली कांग्रेस ले जितेको छ । नेपालीका भरत बडायर जोशी निर्वाचित भएका हुन् । उनले ५९४१ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शेरसिं माल डायमण्डले ५ हजार ८ सय ५ मत ल्याए भने नेकपा एमालेका केशव बोहराले २ हजार ६ सय ६ मत प्राप्त गरे।
उपप्रमुखमा माओवादीकी विमला महता विजयी भइन्। उनले ५ हजार ८ सय ८५ मत ल्याइन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कलावती बोहराले ४ हजार ५ सय ९३ मत ल्याइन्। एमालेकी गोमती पन्तले ३२९६ मत पाइन्।
अमरगढी नगरपालिका
अमरगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। अमरगढी नगरपालिका प्रमुखमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन्।नगरपालिका प्रमुखमा जोशीले ३६ सय १९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेस बिपीका हरि भट्टले ३४ सय २६ मत ल्याएका थिए । उपप्रमुखमा कांग्रेसका पार्वती झुकाल ३ हजार ६७८ मत ल्याएर विजयी भएकी छन्। उनका निकट प्रतिस्पर्धी एमालेका यज्ञराज अवस्थीले ३ हजार ८५ मत ल्याएा हुन् ।
भागेश्वर गाउँपालिका
भागेश्वर गाउँपालिकामा पनि नेपाली कांग्रेसले नै विजय हासिल गरेको थियो । नेपाली कांग्रेसका हेमरराज चटौत र पुष्पा ठकुराठी अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन्। प्रमुखमा हेमराज चटौत २,३११ मत ल्याई विजयी भएका थिए। नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार रामबहादुर शाहीलाई १,२३३ मत ल्याएका थिए । रामबहादुर शाहीले १,०७८ मत ल्याए। भने उपाध्यक्ष पुष्पा ठकुराठीले २३४८ मत ल्याए । माओवादीका गिता भट्ट्ले ८३२ मत ल्याए। भागेश्वरमा कांग्रेसले
अजयमेरु गाउँपालिका
अजयमेरु गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार उमेशप्रसाद भट्ट २,४६९ मत ल्याई विजयी भएका थिए। नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार पदमबहादुर पालले २,२९७ मत ल्याए। उपाध्यक्षमा कांग्रेसका उम्मेदवार बशन्ती पालले २५६५ मत ल्याएर विजयी भइन्। माओवादीका उम्मेदवार कलावती भाडले २३०९ मत मात्रै प्राप्त गरेका छन्।
आलिताल गाउँपालिका
आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा शेरबहादुर पार्की २ हजार ३ सय ८९ मत ल्याए । नेपाली कांग्रेसका बलबहादुर गुरुङले २ हजार २ सय २४ मत पाए । एमालेका मीनबहादुर बोगटीले १ हजार ४ सय ५९ र एकीकृत समाजवादीका तुलाराम बोहराले ६ सय १ मत ल्याएका थिए । उपाध्यक्षमा निर्वाचित माओवादी केन्द्रकी मैनाकुमारी रावलले २ हजार ६ सय २ मत ल्याएइन् । कांग्रेसकी जयाकुमारी बोगटी २ हजार २ सय ४१ मत ल्याएइन् ।
गन्यापधुरा गाउँपालि
गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको हो। कांग्रेसका गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर कार्की तीन हजार १८४ मतसहित विजयी भएका हुन । उपाध्यक्षमा ज्ञानु सेटीले तीन हजार १३ मतसहित विजयी भए गाउँपालिका अध्यक्षमा कांग्रेस बीपीका सुरेन्द्रबहादुर मालीले १७ सय तीन मत ल्याए ।
नवदुर्गा गाउँपालिका
यस गाउँपालीकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ। अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मीप्रसाद अवस्थीले २८७९ मत ल्याए । एकिकृत समाजवादीका कविन्द्र विष्टले २६०६ मत पाए । उपाध्यक्षमा नेपाली कांग्रेसका निर्मला विष्टले ३२०८ मत ल्याइन् । प्रतिस्पर्धी चन्द्रा रूपालीले २३६७ मत पाइन् ।
प्रतिक्रिया