नेपालमा राणाहरू झैँ भाइभारदारलाई मन्त्रीको पालो पुर्‍याउने काम भयो : विप्लव

नेपालमा राणाहरू झैँ भाइभारदारलाई मन्त्रीको पालो पुर्‍याउने काम भयो : विप्लव

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २ १७:४६ बजे
विप्लव

 काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको स्वाधीनता र सार्वभौमिकता खतरामा रहेको  मडारीरहेका बताउनुभएको छ । 

आज  काठमाडौंमा एक अनलाइन पत्रिकाको उद्घाटन गर्दै उहाँले इतिहासमै पहिलो पटक नेपालको स्वाधीनता र सार्वभौमिकता खतरामा रहेको  बताउनुभएको हो ।  सुगौली सन्धि र दिल्ली सम्झौताभन्दा पनि खतरनाक बनेर एमसीसी र एसपीपी नेपालमा आइलागेको ृहाँको दाबि रहेको छ । उहाँले नेपालमा राजनीतिक अस्थिरता दिन प्रतिदिन गहिरिँदै गएको उल्लेख गर्दै संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल  भएको आरोप समेत लगाउनुभएको छ । 

अहिले मन्त्री बन्ने रोलक्रम राणाकालको झैँ भाइभारदारहरू राखेर भइरहेको  उहाँको भनाई रहेको छ । उहाँले अहिलेका सरकारले पालोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पत्ति उडाउने र जनतालाई दुःख दिने जस्ता गतिविधिहरू मात्रै गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको स्वाधीनता र सार्वभौमिकता निकै खतरामा छ अहिले । इतिहासको कुनै पनि क्षणभन्दा आज नेपालको राष्ट्रिय स्वाधीनता जोखिममा छ । देशको भविष्यको बारेमा युवाहरूमा चिन्ता छाएको छ । देशको रक्षा हुन्छ कि हुँदैन रु देशको सावैभौमिकता बच्छ कि बच्दैन रु देशको स्वाधीनता बच्छ कि बच्दैन रु नेपालको सर्वाधिक बहस–चिन्ता यसमा छ । नेपालको राजनीतिक प्रणाली स्थिर बन्न सकेको छैन । हरेक वर्ष सरकार परिवर्तन भइरहेको छ । मन्त्रीहरू फेरिएका छन् । अहिले मन्त्री बन्न जङ्गबहादुर राणाको पालोको भन्दा पनि भद्दा रोलक्रम सुरु भएको छ । ६र६ महिनामा मन्त्री फेर्ने, तीनरतीन महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने, देशलाई बेरुजुमा लगाउने, देशलाई व्यापार घाटामा डुबाउने, देशको अर्थतन्त्रलाई तहसनहस पार्ने, खाने, पैसा लुकाउने, कुम्ल्याउने तर जनताप्रति कुनै पनि उत्तरदायी काम नगर्ने देखिएको छ ।’

महासचिव चन्दले नेपालका संसदवादी पार्टीहरूलाई विदेशी साम्राज्यवादीका एजेन्टहरू भएको आरोप लगाउनुभयो । उहाँले अहिलेको व्यवस्था वाशिङ्टन, दिल्ली, लन्डन र बर्लिनबाट तयार गरिएका योजनाहरूलाई लागू गर्ने दलालहरूको व्यवस्था भएको र यो व्यवस्थामा मुठीभरका मानिसले मोजमस्ती गरिरहेको बताउनु भयो  । 

२०७९ साउन २ १७:४६ बजे

प्रतिक्रिया